News Portal

दर्शन सांगीतिक धमाकाकाे लागि पल शाह र प्रताप दास कुवेत आइपुगे

हिमाली संचार संवाददाता
५३५ पटक

कुवेत, ६ जुन : दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकारहरु चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासलाई कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आज कुवेतको समय बिहान ९ बजे भब्य स्वागत गरिएको छ।

आयोजक दर्शन ठकुरी समाज कुवेतमा कृयाशिल संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो।

दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको आयोजना गरेको हो। उक्त सांगीतिक कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी समाजका अध्यक्ष एल बि हमालले अनुरोध समेत गरेका छन् ।

तपशिल
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे

कार्यक्रम बारे जानकारी
– ६६६४५०९,
– ६००६७५७२,
– ६९९२५६९३

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...