News Portal

आउँदो जुन १४ मा निशान भट्टराईले कुवेतमा धमाका मच्चाउने

हिमाली संचार संवाददाता
४५५ पटक

कुवेत, २६ मे : “मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ जय कला, जय कलाकार” भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रियस्तरसम्म नेपाली कला साँस्कृतिक जगेर्णा गराउने उदेश्यले कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम आउदो जुन १४ तारिख शुक्रबारको दिन अतिथि कलाकार (Nepal Idol first Runner Up २०१७) को निशान भट्टराईको साथमा साथै अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको कलाकारहरुको निकै रोचक प्रस्तुति रहने अध्यक्ष सोम रसाईलीले जानकारी दिए।

जुन १४ तारिख शुक्रबारको दिन हुने कार्यक्रम स्थल सम्म जानको लागि आयोजक अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कुवेतमा रहनु हुने कला प्रेमी दाजुभाइ, दिदिबहिनीहरुलाई मध्यनजर गर्दै यतायातको सुबिधाको व्यवस्था गरेको छ।

कार्यक्रमस्थल सम्म जानको लागि कुबेतको बिभिन्न ठाँउहरु जस्तै फाहाहिल, मङाफ, महाबुल्ला-फिन्टास हुँदै कार्यक्रम हलसम्मका लागि रोहित तिमिल्सिना र खैतान-फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङलाई सम्पर्क गर्न सकिनेछ।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा क्रियाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागी अध्यक्ष रसाईलीले अनुरोध समेत गरेका छन् ।

तपशिल:

स्थान : ईण्डियन सेन्टरल स्कुल, जिलिप
मिति : जुन १४ तारिक शुक्रबार २०१९
समय : बिहान् ११ बजे देखि
आयोजक : अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...