News Portal

आउँदो जुन १४ मा निशान भट्टराईले कुवेतमा धमाका मच्चाउने

हिमाली संचार संवाददाता
४९५ पटक

कुवेत, २६ मे : “मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ जय कला, जय कलाकार” भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रियस्तरसम्म नेपाली कला साँस्कृतिक जगेर्णा गराउने उदेश्यले कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम आउदो जुन १४ तारिख शुक्रबारको दिन अतिथि कलाकार (Nepal Idol first Runner Up २०१७) को निशान भट्टराईको साथमा साथै अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको कलाकारहरुको निकै रोचक प्रस्तुति रहने अध्यक्ष सोम रसाईलीले जानकारी दिए।

जुन १४ तारिख शुक्रबारको दिन हुने कार्यक्रम स्थल सम्म जानको लागि आयोजक अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कुवेतमा रहनु हुने कला प्रेमी दाजुभाइ, दिदिबहिनीहरुलाई मध्यनजर गर्दै यतायातको सुबिधाको व्यवस्था गरेको छ।

कार्यक्रमस्थल सम्म जानको लागि कुबेतको बिभिन्न ठाँउहरु जस्तै फाहाहिल, मङाफ, महाबुल्ला-फिन्टास हुँदै कार्यक्रम हलसम्मका लागि रोहित तिमिल्सिना र खैतान-फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङलाई सम्पर्क गर्न सकिनेछ।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा क्रियाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागी अध्यक्ष रसाईलीले अनुरोध समेत गरेका छन् ।

तपशिल:

स्थान : ईण्डियन सेन्टरल स्कुल, जिलिप
मिति : जुन १४ तारिक शुक्रबार २०१९
समय : बिहान् ११ बजे देखि
आयोजक : अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...