News Portal

क्रिकेट खेलमा लाखौं रुपैयाँ खर्चने तर एउटा गरिवलाई उपचारका लागि २ हजार मात्रै ?

हिमाली संचार संवाददाता
५४० पटक

रबिन्द्र बराल/जेठ १ : माेरङकाे सुनवर्सि नगरपालीक ८ स्थित कुडेली चाेक बिश्वकर्मा टाेलमा बसाेबास गर्दे अाएका इलयाज मियाँका २२ बर्षिय छाेरा रहेमान मियाँकाे टाउकामा ठुलाे घाउ पनि पैसा अभावका कारण उपचार हुन सकेन । एक बर्ष अगाडि बिधुत लाईन बनाउने क्रममा टाउकाेमा करेट लागेपछि उनको शरीर समेत कमजोर भएको छ ।

घरकाे अार्थिक अवस्था कमजोर भएकै कारण एक बर्ष बितिसक्दा समेत उनले अाफ्नाे टाउकोमा रहेको गहिरो घाउ पाल्न बाध्य रहेका छन । गरिव भएकाले उनको उपचार हुन सकेका छैनन् । एक छाेरा र तीन छाेरी र श्रीमती छन घरकाे अवस्था नाजुक भएकै कारण परिवार पाल्न पाेषण गर्ने समेत समस्य परेको उनलेे बताए ।

दैनिकी ज्याला मजदुर गरेर घर खर्च चलाउदै अाएका हरेमान अहिले परिवार पाल्न गाउँ घरमा मागेर छाेरा छाेरी लाई पालिहरेका छन । तर अाफ्नाे टाउकाेमा रहेको गहिरो घाउकाे भने उपचार गराउन सकेका छैन । केही महिना अगाडि रंगेली अस्पतालमा उपचार गराएता पनि उनकाे टाउकोमा छाला लगाउ डाक्टरले सुझाव दिएता पनि अन्यत्र गएर उपचार गराउन सम्भव नभए पछि अहिले उनलेे राम्रो अस्पतालमा गएर उपचार गराउन सकेका छैनन् ।

सुनवर्सि नगरपालिकाले अार्थिक सहयोगकाे पत्र लेखिदिए पछि उनले साेही पत्र देखाउदै रंगेली बजारमा उपचारका लागि रकम संङकल्न गर्ने बाध्य रहेका छन । उनले भने उपचारका लागि रकम सहयोग गरेता पनि अाफुले छाेरा छाेरी पालनपोषण गरेकाे बताए। घरमा बिहान बेलुका छाक टार्न धेरै समस्य रहेको हुनाले अाफुलाई उपचारका लागि उठाएकाे चन्दाले परिवार पालिरहेको सुनाए ।

सुनवर्सि नगरपालिकाले उपचारका लागि भन्दै २ हजार रुपैयाँ रकम दिएकाे बताए । नगरपालिकाले केहि महिना अगाडि क्रिकेट खेलकाे लागि २० लाख रुपैयाँ रकम छुट्टयाएर खेल समेत सम्पन्न गर्याे । तर एउटा गरिवलाई घाउ उपचार गराउन २ हजार रुपैयाँ मात्रै दियाे के नगरपालिकाकाे मानवता त्यहीँ हाे ? गरिव हुनु कुनै रहर हैन बाध्यता हाे । गरिव भएकै कारण टाउकाेमा घाउ र छाेरा छाेरीहरुकाे पालनपोषणका लागि बजारमा चन्दा सङक्लन गरेर भाैतारि रहेका छन ।

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...