News Portal

नेपाल आइडल सिजन-२ का विजेता रबि ओड र चक्र बम कुवेत आउदै

हिमाली संचार संवाददाता
४४६ पटक

कुवेत : सुदुरपश्चिमेली समाज कुवेतद्धारा दोश्रो बार्षिक उत्सव तथा अधिवेशन नेपाल आइडल सिजन-२ का विजेता रबि ओड र गायक चक्र बमको साथमा “बृहत् सांगीतिक धमाका २०१९” कार्यक्रम आउदो जुन महिनामा मनाउने भनिएको भनि समाचार सम्प्रेषण गरिएको उक्त कार्यक्रम केहि कारणले गर्दा आगामी २० सेप्टेम्बर २०१९ मा सारिएको आयोजकले जानकारी दिएको छ ।

“सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापनाकालदेखिनै विभिन्न समाजिक कार्यमा सक्रिय रहदै आएको समाजले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आगामी सेप्टेम्बर २० तारिख २०१९ शुक्रबारको दिन नेपाल आइडल रवि ओड र गायक चक्र बमको साथ बृहत सांगीतिक प्रस्तुतिको तयारीमा लागि परेको आयोजकले बताएको छ।

उक्त बार्षिक उत्सव तथा अधीवेशन बृहत् सांगीतिक धमाका २०१९ लाइ ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै सेप्टेम्बर २० तारिखका दिन कुवेतमा कृयाशील संघसंस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनुहुन आयोजक सुदुरपश्चिमेली नेपाली समाज आग्रह गरेको छ।

कार्यक्रमको विवरण

मिति : २० सेक्टेम्बर २०१९ शुक्रबार

समय : दिनको ठिक ११ बजेदेखि

स्थान : boys Scout Association Hall berut street block 10 Hawali

आयोजक : सुदुरपश्चिमेली नेपाली समाज कुवेत।

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...