News Portal

नेपाल तामाङ घेदुङ कुबेतले २५६३ औं बुद्ध जयन्ती मनाउदै

हिमाली संचार संवाददाता
५९५ पटक

कुवेत, १४ मे : नेपाल तामाङ घेदुङ कुवेतले २५६३ औँ बुद्ध जयन्ती कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिख शुक्रबार मनाउने भएको घेदुङ कुवेतका महासचिव कृष्ण बहादुर तामाङ हिमालीसंचारलाई जानकारी दिए।

गत शुक्रबार फर्वानियास्थित पार्कमा अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ। घेदुङ कुवेत शाखाले स्थापनाकालदेखि नै बुद्ध जयन्ती धुमधामका साथ मनाउँदै आइरहेको छ।

राज्यले नेपालका राष्ट्रिय विभुतिको रुपमा मानेका सिद्धार्थ गौतम बुद्धलाइ बौद्ध धर्मिहरुले भगवानको रुपमा मान्ने गर्दछन। गौतम बुद्ध जन्मेका दिनलाइ बुद्ध जयन्तिको रुपमा संसारभरका बौद्ध धर्मावलम्बिहरुले मान्ने गरेको पाइन्छ। नेपालका पनि तामाङ, शेर्पा, थाकाली, ह्योल्मो लगायतका थुप्रै जातिले बौद्ध धर्म मान्दछन।

विश्वभरको बौद्ध धर्मावलम्बीले एकै साथ मान्ने गरेको बुद्ध जयन्तीमा संसारका प्राणी जगतलाइ दुख, पीडा नहोस सबैलाइ शान्ती छाओस भन्दै बौद्ध लामागुरुहरुद्वारा पुजापाठ गर्दै मनाइन्छ। त्यसै अनुरुप कुवेतमा पनि तामाङ घेदुङद्वारा सो कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा कुवेतमा रहेका बौद्ध धर्मप्रती आस्थावान र कुवेतलाइ कर्मथलो बनाएर क्रीयाशिल सबै दाजुभाइ दिदिबहिनिहरुलाइ अयोजक नेपाल तामाङ घेदुङ कुवेतले उपस्थितिका लागि अनुरोध समेत गरेको छ।

कार्यक्रम हुने :

मिति : १७ मे २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
समय : बेलुकी ५ बजे
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...