News Portal

नेपाल तामाङ घेदुङ कुबेतले २५६३ औं बुद्ध जयन्ती मनाउदै

हिमाली संचार संवाददाता
६५४ पटक

कुवेत, १४ मे : नेपाल तामाङ घेदुङ कुवेतले २५६३ औँ बुद्ध जयन्ती कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिख शुक्रबार मनाउने भएको घेदुङ कुवेतका महासचिव कृष्ण बहादुर तामाङ हिमालीसंचारलाई जानकारी दिए।

गत शुक्रबार फर्वानियास्थित पार्कमा अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ। घेदुङ कुवेत शाखाले स्थापनाकालदेखि नै बुद्ध जयन्ती धुमधामका साथ मनाउँदै आइरहेको छ।

राज्यले नेपालका राष्ट्रिय विभुतिको रुपमा मानेका सिद्धार्थ गौतम बुद्धलाइ बौद्ध धर्मिहरुले भगवानको रुपमा मान्ने गर्दछन। गौतम बुद्ध जन्मेका दिनलाइ बुद्ध जयन्तिको रुपमा संसारभरका बौद्ध धर्मावलम्बिहरुले मान्ने गरेको पाइन्छ। नेपालका पनि तामाङ, शेर्पा, थाकाली, ह्योल्मो लगायतका थुप्रै जातिले बौद्ध धर्म मान्दछन।

विश्वभरको बौद्ध धर्मावलम्बीले एकै साथ मान्ने गरेको बुद्ध जयन्तीमा संसारका प्राणी जगतलाइ दुख, पीडा नहोस सबैलाइ शान्ती छाओस भन्दै बौद्ध लामागुरुहरुद्वारा पुजापाठ गर्दै मनाइन्छ। त्यसै अनुरुप कुवेतमा पनि तामाङ घेदुङद्वारा सो कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा कुवेतमा रहेका बौद्ध धर्मप्रती आस्थावान र कुवेतलाइ कर्मथलो बनाएर क्रीयाशिल सबै दाजुभाइ दिदिबहिनिहरुलाइ अयोजक नेपाल तामाङ घेदुङ कुवेतले उपस्थितिका लागि अनुरोध समेत गरेको छ।

कार्यक्रम हुने :

मिति : १७ मे २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल फर्वानिया
समय : बेलुकी ५ बजे
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...