News Portal

  • विमानस्थलको सुरक्षामा गम्भीर हेलचेक्र्याइँ, विदेशीलाई सेटिङमा भिसा !

    हिमाली संचार संवाददाता
    ३१९ पटक

    शम्भु कट्टेल/बैशाख २७, काठमाडौं : गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ।

    नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नेपालको भिसा छैन। नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन। तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए ? नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन्। अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ।

    घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ। बैशाख ११ गते शुक्रबार शंकास्पद ढंगले भिसा लिएका उनी त्यसको दुई दिन पछि फर्कने क्रममा त्रिवि अध्यागमनको प्रस्थान कक्षमा पक्राउ गरे। गुपचुप रहेको घटना उनी फक्राउ परेपछि बाहिर आएको हो।

    स्रोतका अनुसार प्रहरीले स्कर्टिङ गरी शंकास्पद विदेशी नागरिकलाई अध्यागमनको आगमन कक्षसम्म पुर्‍याइदिएका थिए। एसियाली मुलुकमा समेत आतंकवादी गतिविधिले सुरक्षा चुनौती बढाइरहेका बेला अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थामा हेलचेक्राइ गर्न नहुने सुरक्षा विश्लेषक बताउँछन्।

    प्रहरीले ती रोमानियाका नागरिकको राहदानी हेरेन, बोर्डिङ पास खोजेन बरु सरासर अध्यागमनको आगमन कक्षामा पुर्‍याइदियो। घटना हेर्दा सामान्य छ तर सुरक्षाको दृष्टिकोणले हेर्दा अत्यन्त संवेदनशील। अध्यागमनका कर्मचारीले समेत ती रोमानियाका नागरिकको कागजपत्र हेरेनन्। न त उनीहरूले बोर्डिङ पास नै खोजे। हचुवा शैलीमा त्रिवि अध्यागमनका कर्मचारीले उनलाई १५ दिनको भिसा दिए।

    यो विषयमा प्रहरी र त्रिवि अध्यागमनका कर्मचारीको कनेक्सन के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एसएसपी संदिप भण्डारीले घटनाबारे छानबिन भइरहेको बताए। एसएसपी भण्डारीले अन्नपूर्णसँग भने, ‘छानबिनले दोषी ठहर्‍याए कारबाही गर्छु।’ घटनापछि प्रवेश पास नभएकालाई विमानस्थल प्रवेशमा कडाइ गरिएको भण्डारीले बताए।

    कुनै कारणले भिसा लिन छुटे ती विदेशीले बोर्डिङ पास, डिर्पाचर छापलगायतका आवश्यक कागजपत्र अनिवार्य पेश गर्नु पर्दछ। आवश्यक कागजपत्र बुझाएपछि अध्यागमन कर्मचारीले आफ्नो सिस्टममा रुजु गर्छन्। त्यसपछि मात्र अध्यागमनका कर्मचारीले भिसा दिन्छन्। तर रोमानियाका नागरिकको सन्दर्भमा न प्रहरी गम्भीर देखियो न अध्यागमनका कर्मचारी नै। ती रोमानियका नागरिक अध्यागमन विभागको हिरासतमा छन्।

    विभागले स्कर्टिङ गरी अध्यागमनको आगमन कक्षसम्म पुर्‍याइदिने प्रहरी र अन्धाधुन्धा भिसा दिने अध्यागमनका कर्मचारीसँग वयान लिएको छ। प्रहरी र अध्यागमन कर्मचारीको सेटिङमा यस्तो गैरकानुनी काम भएको त होइन प्रश्न समेत उब्जिएको अनुसन्धानमा खटिएका कर्मचारीले बताए।

    घटनामा संलग्न प्रहरी र अध्यागमनका कर्मचारी वयानमा उम्किने प्रयास गरेका छन्। वैशाख ११ मा भिसा लिन विमानस्थल जानुअघि ती रोमानियका नागरिक अध्यागमन विभाग पुगेका थिए। अध्यागमन विभागमा उनले कर्मचारीसँग राहदानी देखाएरै आफ्नो समस्या राखेका थिए। तर अध्यागमनका कर्मचारीले पछि आउनु भन्दै राहदानी दिएर फर्काइदिए। त्यसपछि उनी विमानस्थल पुगेको स्रोतले बताएको छ।

    विभागले भिसा र आगमन छाप नभएका विदेशीलाई त्यही बेला पक्राउ गरी अनुसन्धान गरेको भए उनी विमानस्थल जान पाउँदैन थिए। विभागले फर्काइदिए पछि नेपालबाट बाहिरिने विकल्प खोज्दै ती रोमानियकाका नागरिक विमानस्थल पुगेका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...

    मिडिया हाउसको छायाँमा नक्कली नोट र अफिम कारोबार, पाँचजना समातिए

    सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार...

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...