News Portal

नेपाल कुवेत साँस्कृतिक मन्चको राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
५११ पटक

कुवेत : नेपाल कुवेत साँस्कृतिक मन्चको आयोजनामा “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ – २०७६” कार्यक्रमको तयारी पुरा भएको छ। आउदो शुक्रबार ३ मे २०१९ को दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ वर्ष सांगितिक कार्यक्रमको सम्पुर्ण तयारी भएको मन्चका अध्यक्ष गोबिन्द बरालले हिमालीसंचारलाई जानकारी दिए।

“राष्कोट सामुदायिक अस्पताल” निर्माण सहयोगार्थ  अाफ्नो १८ अाैं प्रस्तुतिको रूपमा कुवेतस्थित स्थानिय कलाकारहरूद्वारा भव्य सांगितिक कार्यक्रम गरि सो कार्यक्रम मार्फत संकलित रकम सहयोग रकम नेपाल पठाउने मन्चले जनाएको छ ।

उक्त कार्यक्रमका लागि कुवेतमा कृयाशिल संघ-सँस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवि, खेलाडी, कलाकार लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनी हरूलाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइ सहयोग गर्नुहुन सबैमा अनुरोध समेत गरीएको छ।

           तपशिल :

मिति : २०१९ मे ३ तारीख शुक्रबार
समय : १२ : ३० बजे
स्थान : पपिन्स हल जिलिब (इन्डियन स्कुल नजिकै)
आयोजक : नेपाल कुवेत साँस्कृतिक मन्च, कुवेत।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...