News Portal

नेपाल कुवेत साँस्कृतिक मन्चको राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
५६८ पटक

कुवेत : नेपाल कुवेत साँस्कृतिक मन्चको आयोजनामा “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ – २०७६” कार्यक्रमको तयारी पुरा भएको छ। आउदो शुक्रबार ३ मे २०१९ को दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ वर्ष सांगितिक कार्यक्रमको सम्पुर्ण तयारी भएको मन्चका अध्यक्ष गोबिन्द बरालले हिमालीसंचारलाई जानकारी दिए।

“राष्कोट सामुदायिक अस्पताल” निर्माण सहयोगार्थ  अाफ्नो १८ अाैं प्रस्तुतिको रूपमा कुवेतस्थित स्थानिय कलाकारहरूद्वारा भव्य सांगितिक कार्यक्रम गरि सो कार्यक्रम मार्फत संकलित रकम सहयोग रकम नेपाल पठाउने मन्चले जनाएको छ ।

उक्त कार्यक्रमका लागि कुवेतमा कृयाशिल संघ-सँस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवि, खेलाडी, कलाकार लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनी हरूलाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइ सहयोग गर्नुहुन सबैमा अनुरोध समेत गरीएको छ।

           तपशिल :

मिति : २०१९ मे ३ तारीख शुक्रबार
समय : १२ : ३० बजे
स्थान : पपिन्स हल जिलिब (इन्डियन स्कुल नजिकै)
आयोजक : नेपाल कुवेत साँस्कृतिक मन्च, कुवेत।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...