News Portal

मोरङको रंगेली मुख्य वजार भत्काईदै

हिमाली संचार संवाददाता
३९१ पटक
रबिन्द्र बराल, मोरङ

बैशाख ७ शनिबार : नेपाल सरकारले सिहदरवारकाे अधिकार स्थानीयलाई हस्तान्तरण गरेपछि पछिल्लो समयमा रंगेलीकाे बिकासमा नगरपालिकाले रंग उडेकाे रंगेलीलाई रंग भर्न सुरु गरेको छ ।

रंगेली वजारकाे मुख्य हुलाकी राजमार्ग सडक बिस्तार हुने भएपछि स्थानीय खुशी भएका छन । हुलाकी राजमार्ग निर्देशनालयले सडक बिस्तारका लागि रंगेली नगरपालिकाकाे सिमाक्षेत्र भित्र रहेको संरचनाहरु हटाउन पत्राचार गरेपछि रंगेली वजार भत्कने भएको हाे।

डिभिजन सडक कार्यलय बिराटनगरले गत बर्ष नै सडक ऐन वमाेजिम सडक सिमा निर्धारण गरि बिराटनगर रंगेली उर्लाबारी क्षेत्र लाई साहयक मार्गकाे रुपमा सडक लाई फराकिलो पार्न १५/१५ मिटर र ६/६ मिटर सेड व्याक निर्माण गर्ने ताेके पछि नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले शुक्रबार अाफ्नाे क्षेत्रमा पर्ने ४.९ किलोमिटर सडककाे काेल्डस्टाेर देखि मधुवनी चाेक सम्मकाे दायाँबायाँमा रहेका घरहरुमा चिन्ह लागउने काम सुरु गरेको छ ।

साेहि क्रममा चिन्ह लगाए पछि घर धनिहरुलाई घर टहरा हटाउन परिपत्र समेत गरेको छ । मंङगल चन्द अग्रवाल र तेजपाल साह, शिवु शर्मा, गरि ५ जनाले नगरपालिकाले घरटहरा हटाउन दिएकाे परिपत्र नबुझेपछि वडाध्यक्ष, सदस्य, बुद्धिजीवी, ब्यापारी, युवाहरु गरि पाच जनाकाे मुचुल्का गरेर उक्त घरमा सुचना समेत टाँस गरिएको थियोे ।

मेची काे बिच भागमा पर्ने ठाउँ भएको हुनाले बिक्रम सम्बत १९४५ माेरङकाे सदरमुकाम रंगेली कायम गरिएको थियोे । त्यसबेला देखि रंगेली चर्चामा अाएकाे भएता पनि सदरमुकाम हुनु अघि बिक्रम सम्वत १९७२ देखि रंगेली सामान्य बजार र खरिदबिक्रीकाे केन्द्र बनेको थियो । बिक्रम सम्वत १९४६ सालमा प्रधानमन्त्री विरशमशेरले सरदार कालिदास काेईराला लाई प्रथम वडाहाकिमकाे रुपमा रंगेली पठाउदा रंगेलीकाे बिकासकाे थालनी भएको जानकारहरु बताउँछन् ।

बिक्रम सम्वत १९४७ मा रंगेली अस्पताल स्थापना गरियाे त्यसैगरी काठ महल, वनजाँच, अमिनि, माल, कचहरी, गाेशवारा, जेल स्थापना भएको थियोे। बिक्रम सम्वत १९७१ सालमा प्रधानमन्त्री चन्द्रशमशेरले रंगेलीबाट सम्पुर्ण सरकारी कार्यलय बिराटनगर सारेपछि रंगेलीकाे रंग समेत उडदै गएकाे थियोे ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...