News Portal

जोशीको प्रमाणपत्र सक्कली भएको पुष्टि

८०७ पटक

काठमाडौ – एलएलसी परीक्षाको प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहर भएका दीपकराज जोशीको प्रमाणपत्र सक्कली भएको पाइएको छ ।

प्राप्त जानकारीअनुसार परीक्षा नियन्त्रण कार्यालयको मार्क लेजरमा जोशी २०२९ सालमा एसएलसी उत्तीर्ण भएको व्यहोरा उल्लिखित छ । विद्यापीठको मार्क लेजरको ५४औँ पृष्ठमा जोशीको नाम र प्राप्ताङ्क रहकोे जोकसैले हेर्न सक्नेछन् ।

पत्रकार प्रकृति अधिकारीले अनुसन्धानपश्चात् सार्वजनिक गरेको विवरणमा ५४औँ पृष्ठमा २३ जना परीक्षार्थीको नाम भएकोमा चारजना मात्र उत्तीर्ण देखिएको, पृष्ठ ५१ मा २४ परीक्षार्थीको नाम रहेकोमा पाँचजना मात्र उत्तीर्ण भएको उल्लेख छ । त्यसैगरी पृष्ठ ५३ मा १९ मध्ये पाँच र पृष्ठ ५५ मा २४ मध्ये पाँच तथा पृष्ठ ५२ मा २४ मध्ये आठजना उत्तीर्ण भएको तथ्य पत्रकार अधिकारीले फेला पारेका छन् ।

परीक्षण नियन्त्रण कार्यालयमा रहेको यो तथ्यले विद्यापीठबाट एसएलसीमा सामेल हुनेहरू सबै उत्तीर्ण हुन्थे भन्ने कुराको स्वतः खण्डन गरेको छ र जोशीको प्रमाणपत्रमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नरहेको स्पष्ट भएको छ ।

एसएलसीको यही प्रमाणपत्रका आधारमा जोशीले विश्वविद्यालयस्तरको शिक्षा हासिल गरेका थिए । उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नुअघि नेपाल ल कलेजका प्राध्यापक र सोही सङ्कायको डिनको जिम्मेवारीसमेत कुशलतापूर्वक पूरा गरेका थिए ।

शिक्षक, प्राध्यापक र डिन हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्म बनिसकेका व्यक्तिको एसएलसी प्रमाणपत्रमाथि अहिले आएर शङ्का गरिनुको रहस्य खुलिसकेको छ । घटना र बिचारबाट

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...