News Portal

जोशीको प्रमाणपत्र सक्कली भएको पुष्टि

८७० पटक

काठमाडौ – एलएलसी परीक्षाको प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ समितिबाट अयोग्य ठहर भएका दीपकराज जोशीको प्रमाणपत्र सक्कली भएको पाइएको छ ।

प्राप्त जानकारीअनुसार परीक्षा नियन्त्रण कार्यालयको मार्क लेजरमा जोशी २०२९ सालमा एसएलसी उत्तीर्ण भएको व्यहोरा उल्लिखित छ । विद्यापीठको मार्क लेजरको ५४औँ पृष्ठमा जोशीको नाम र प्राप्ताङ्क रहकोे जोकसैले हेर्न सक्नेछन् ।

पत्रकार प्रकृति अधिकारीले अनुसन्धानपश्चात् सार्वजनिक गरेको विवरणमा ५४औँ पृष्ठमा २३ जना परीक्षार्थीको नाम भएकोमा चारजना मात्र उत्तीर्ण देखिएको, पृष्ठ ५१ मा २४ परीक्षार्थीको नाम रहेकोमा पाँचजना मात्र उत्तीर्ण भएको उल्लेख छ । त्यसैगरी पृष्ठ ५३ मा १९ मध्ये पाँच र पृष्ठ ५५ मा २४ मध्ये पाँच तथा पृष्ठ ५२ मा २४ मध्ये आठजना उत्तीर्ण भएको तथ्य पत्रकार अधिकारीले फेला पारेका छन् ।

परीक्षण नियन्त्रण कार्यालयमा रहेको यो तथ्यले विद्यापीठबाट एसएलसीमा सामेल हुनेहरू सबै उत्तीर्ण हुन्थे भन्ने कुराको स्वतः खण्डन गरेको छ र जोशीको प्रमाणपत्रमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नरहेको स्पष्ट भएको छ ।

एसएलसीको यही प्रमाणपत्रका आधारमा जोशीले विश्वविद्यालयस्तरको शिक्षा हासिल गरेका थिए । उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नुअघि नेपाल ल कलेजका प्राध्यापक र सोही सङ्कायको डिनको जिम्मेवारीसमेत कुशलतापूर्वक पूरा गरेका थिए ।

शिक्षक, प्राध्यापक र डिन हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्म बनिसकेका व्यक्तिको एसएलसी प्रमाणपत्रमाथि अहिले आएर शङ्का गरिनुको रहस्य खुलिसकेको छ । घटना र बिचारबाट

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...