News Portal

हेमन्तलाई आउन सक्छ प्रतिक्रिया, यस्तो आँशु झर्ने गीत नगाएको भए हुन्थ्यो भनेर (भिडियो सहित)

हिमाली संचार संवाददाता
८११ पटक

राजु बोहरा–काठमाडौँ । देशमा भएको ब्यरोजगारी समस्याले दिन प्रतिदिन अशंख्य नेपालीहरु पर्देशिन बाध्य बनिरहेका छन् । यो एउटा देशको लागि जटिल बिषय बनिरहँदा पनि नेतृत्व स्तरका व्यक्तित्वहरु मात्र कुर्सि मोहमा तल्लिन हुँदा, अझै पनि यो समस्या घट्ने स्थितिमा छैन । यति बेला बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल सारंगी बादक हेमन्त कान्छा रसाइलीले, यस्तै यथार्थता भोगिरहेका नेपालीहरुको पीडालाई आफ्नै सिपको सारङ्गीले स्वयम् कै स्वरलाई छोपेर एक गीत बजारमा पठाएका छन् । उक्त गीत मार्फत हेमन्तले भनेका छन्, जान्छु परदेश बस्दिन घरमा, कतै बसौं बाबा कै भरमा …………

म्याग्दी जिल्ला मा जन्मिएका गाएक अनि सारङ्गी बाधक हेमन्त कान्छा रसाइली बिगत १५ बर्ष देखि नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नै दैनिकीहरु बिताइरहेका छन् । कान्छाले काचो सुन्तला /कहिले तिम्रो बन्न सकिन /पराइ ठानेपछी / भन्नु मात्रै भयो जस्ता थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । उनले बिगत ५ बर्ष यता गीत गाउन छोडेर व्यावसायिक रुपमा सारङ्गी बाधकको भूमिका निर्बाह गरिरहेका छन् । प्रख्यात सारङ्गि बाधकको रुपमा चिनिएका कान्छाले ७ हजार भन्दा बढी विभिन्न  गीतहरुमा सारङ्गी बजाई सकेका छन् ।

तर आफ्नो गायन भित्रको कलालाई पनि सबै सामु ताजै राख्न कान्छाले लामो समयको अन्तराल पछि ” जान्छु प्रदेश ” नामक लोक गीत बजारमा ल्याएका छन् । जान्छु प्रदेश सारङ्गी प्रधान गीत हो । कान्छाले यस गीतलाई सारङ्गीमा मात्रै गाएका छन् । जुन गीतले झलकमान गन्धर्वको झल्को मेटाउने दोस्रो झलकमानको रुपमा हेमन्त देखा परेका छन । यस गीतलाई मनोज सेवा परियारले अडियो रेकर्डिङ कार्य गरेका छन् ।

जब मानिस धर्तीमा पाइला टेक्छ त्यसपछि बिस्तारै बामे सर्दै युवा अवस्थामा पुग्छ, यो अवस्थमा पुग्नका लागि पनि उसको बाबा आमाले निकै कष्टकर समय पार गरेका हुन्छन् , र सधैं आफ्नो बाबा आमा को हाड घोटेर मात्र अब चल्दैन भन्ने मनसाय बोक्ने ति चेतनसिल युवा प्रति लक्षित यस गीतलाई शब्द बिष्णु खतिवटाले भरेका छन् । यस गीतमा आश अनेक थियो तर लोकतन्त्र आउँदा पनि आम नेपालीहरुले परिवर्तनको सास फेर्न पाएनन्, भन्दै धनि हुने सबैको हाई हाई र गरिब निमुखाहरुको मियो बन्ने कोहि नभएको कुरा प्रस्ट्याईएको छ ।

यस गीतको म्युजीक भिडियो पनि यस्तै सामाजिक बिषयबस्तुमा केन्दित रहेर तयार पारिएको छ । भिडियोमा चर्चित बासुरी बाधक सुर्खेती कलाकार रत्न बि.क ,सन्तोष राज सापकोटा ,कान्छा आफैले निकै घत लाग्दो अभिनय गरेका छन् । भिडियोलाई निर्देशन सन्तोष राज सापकोटा ले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन दुर्लभ श्रेष्ठले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...