News Portal

  • युएईमा अतिथि कलाकारका साथमा जेहेन्दार छात्रवृतीकोष सहयोगार्थ कलम सांस्कृतिक कार्यक्रम हुदै

    हिमाली संचार संवाददाता
    ५४२ पटक

    अप्रील ४, युएई : ठकुरी सहयोग संजाल युएईको आयोजनामा र सयपत्री रेष्टुरेष्ट अल-कुज, दुबईको सहआयोजनमा आउदो जुन १४ तारीख शुक्रबारका दिन जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृती कोष “कलम” को सहयोगार्थ “कलम सांस्कृतिक सांझ २०१९” कार्यक्रम हुने भएको छ।

    उक्त सांस्कृतिक सांझ कार्यक्रममा चर्चित सर्जक तथा गायक शिव हमाल, मोडल करिश्मा ढकाल, नायक बाबू बोगटी र सुरेश राना लगायत स्थानीय कलाकारहरुले पनि भरपुर मनोरञ्जन दिने संजालका महासचिव जीवन सिंह ठकुरीले हिमालीसंचारलाई जानकारी दिए।

    उक्त परियोजना अन्तर्गत हाल १८ जना विद्यार्थीहरुले अध्ययनरत गरीरहेको जानकारी दिदै संजालका अध्यक्ष भिम मल्ल ठकुरीले सो सहयोगार्थ सांस्कृतिक सांझ कार्यक्रममा उपस्थित भइदिनको लागि समाजसेवी, व्यावसायी, पत्रकार, साहित्यकार, कलाकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत युएईबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई अनुरोध समेत गरेका छन।

    ठकुरी सहयोग संजाल युएई र सयपत्री रेस्टुरेन्टको संयुक्त आयोजनामा हुनलागेको यो कार्यक्रम पहिलो हो। युएईमा जब संजाल गठन भयो । सुरु सुरुमा युएईका संघ-संस्थाहरुले राजावादी र जातीयतावादी भनेर अन्योलमा थिए। हामीहरूले संजाल बारे बुझाउदै जाने क्रममा धेरै संघ-संस्थाहरुसंग हातेमालो गरि अाफुले सक्दो सहयोग गरीरहेका छौ। तसर्थ म र हामी बिश्वस्त छौ। हाम्रो कार्यक्रम सफल बनाउन सबैको साथ सहयोगको खाचो रहेको संजालका बरिस्ठ उपाध्यक्ष तथा सो कार्यक्रमका संयोजक दिपक शाही ठकुरीको भनाइ छ।

    कार्यक्रम हुने

    स्थान : एभरेष्ट क्लब, एष्टोरियो होटेल, बर दुवई

    मिति : १४ जून २०१९, शुक्रबार

    समय : दिउसो २ बजे देखि

    विस्तृत जानकारीको लागि सम्पर्क

    जीवन सिंह ठकुरी – ०५२६१२३०६६

    दिपक शाही ठकुरी – ०५६४७०९९२१

    भिम मल्ल ठकुरी – ०५८८२५२२६०

    बिष्णु भट्टाराई – ०५५२८६६४३२

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई...