News Portal

युएईमा अतिथि कलाकारका साथमा जेहेन्दार छात्रवृतीकोष सहयोगार्थ कलम सांस्कृतिक कार्यक्रम हुदै

हिमाली संचार संवाददाता
६०६ पटक

अप्रील ४, युएई : ठकुरी सहयोग संजाल युएईको आयोजनामा र सयपत्री रेष्टुरेष्ट अल-कुज, दुबईको सहआयोजनमा आउदो जुन १४ तारीख शुक्रबारका दिन जेहेन्दार तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रवृती कोष “कलम” को सहयोगार्थ “कलम सांस्कृतिक सांझ २०१९” कार्यक्रम हुने भएको छ।

उक्त सांस्कृतिक सांझ कार्यक्रममा चर्चित सर्जक तथा गायक शिव हमाल, मोडल करिश्मा ढकाल, नायक बाबू बोगटी र सुरेश राना लगायत स्थानीय कलाकारहरुले पनि भरपुर मनोरञ्जन दिने संजालका महासचिव जीवन सिंह ठकुरीले हिमालीसंचारलाई जानकारी दिए।

उक्त परियोजना अन्तर्गत हाल १८ जना विद्यार्थीहरुले अध्ययनरत गरीरहेको जानकारी दिदै संजालका अध्यक्ष भिम मल्ल ठकुरीले सो सहयोगार्थ सांस्कृतिक सांझ कार्यक्रममा उपस्थित भइदिनको लागि समाजसेवी, व्यावसायी, पत्रकार, साहित्यकार, कलाकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत युएईबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई अनुरोध समेत गरेका छन।

ठकुरी सहयोग संजाल युएई र सयपत्री रेस्टुरेन्टको संयुक्त आयोजनामा हुनलागेको यो कार्यक्रम पहिलो हो। युएईमा जब संजाल गठन भयो । सुरु सुरुमा युएईका संघ-संस्थाहरुले राजावादी र जातीयतावादी भनेर अन्योलमा थिए। हामीहरूले संजाल बारे बुझाउदै जाने क्रममा धेरै संघ-संस्थाहरुसंग हातेमालो गरि अाफुले सक्दो सहयोग गरीरहेका छौ। तसर्थ म र हामी बिश्वस्त छौ। हाम्रो कार्यक्रम सफल बनाउन सबैको साथ सहयोगको खाचो रहेको संजालका बरिस्ठ उपाध्यक्ष तथा सो कार्यक्रमका संयोजक दिपक शाही ठकुरीको भनाइ छ।

कार्यक्रम हुने

स्थान : एभरेष्ट क्लब, एष्टोरियो होटेल, बर दुवई

मिति : १४ जून २०१९, शुक्रबार

समय : दिउसो २ बजे देखि

विस्तृत जानकारीको लागि सम्पर्क

जीवन सिंह ठकुरी – ०५२६१२३०६६

दिपक शाही ठकुरी – ०५६४७०९९२१

भिम मल्ल ठकुरी – ०५८८२५२२६०

बिष्णु भट्टाराई – ०५५२८६६४३२

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...