News Portal

गाउँमा पानी नहुँदा दुई घण्टा टाढा खोलाबाट बोक्नुपर्ने बाध्यता

हिमाली संचार संवाददाता
५६० पटक

चन्द्र कार्की
तेह्रथुम : पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा स्वास्थ्य चौकीमा कार्यरत अहेब गंगा लिम्बू गाउँलेलाई दूषित पानीबाट लाग्ने रोगबारे जानकारी गराउँदै हिँड्छन् । दूषित पानीका कारण झाडापखालाजस्ता रोग लागेर स्वास्थ्य संस्थामा आउने धेरै बिरामीको उपचार पनि गरेकी छन् । हिजोआज उनै स्वास्थ्यकर्मी लिम्बू खोलाको दूषित पानी खान बाध्य छिन् ।

स्याबरुम्बाको पिपलबोटेमा रहेको स्वास्थ्य संस्थाकी अहेब गंगा अन्य सहकर्मी र गाउँलेको साथ लागेर दुई घन्टा पर अँधेरी खोलाको पानी बोक्न दिनहुँ जान्छिन् । माथिबाट बगेर आउने पानी जम्मा गर्न कुवाजस्तै डोबिल्को बनाइएको छ । त्यही डोबिल्कोमा जम्मा भएको फोहोर पानी गाग्री र प्लास्टिकको बोतलमा भरेर दैनिक सयभन्दा बढी गाउँलेले पिउनका लागि लैजान्छन् ।

‘दूषित पानी पिउन हुँदैन भन्ने मलाई थाहा छ,’ अहेब लिम्बूले भनिन्, ‘तर के गर्नु, गाउँमा अन्य ठाउँमा पानी छैन, यही पानीले भान्सा टार्न बाध्य छौं ।’ पशु बस्तुलाई पानी खुवाउन आहाल जस्तै बनाएर अँधेरी खोलामा पानी जम्मा गरिएको छ । सुख्खा यो याममा खोलामा पनि पानी सुकेर पर्याप्त छैन । खोलामा बग्ने गरेको पानी आउँदैन ।

माथिबाट रसाएर आउने पानी भर्न पनि बिहान सबैरै नआए त्यो पनि नपाइने स्याबरुम्बाका ५५ वर्षीय भद्रजीत थापाले बताए । स्वास्थ्यकर्मी लिम्बू र थापाजस्ता अँधेरी खोलाको दूषित पानी खाने गाउँलेको संख्या निकै ठूलो छ । स्थानीयले वर्षौंदेखि खोलाको दूषित पानी खाइरहेका छन् ।

पिपलबोटेमा केही माथिबाट पिउने पानी ल्याइएको थियो । चार बर्षयता त्यो पानी सुकेर पाइप मात्र छ । यो अँधेरी खोलामा भुल्के, डाँडाघर, पाण्डे गाउँ, बिजुवा पानी, वनतले, तीनघरे, तेलासेबुङलगायत गाउँका ३ सय वढीले पानी ओसार्छन् । बिहान सबेरै खोलामा पुग्नेले केही सफा पानी भर्न पाउने र ढिलो पुग्नेका लागि धमिलो पानी मात्र हुने गरेको ६० वर्षीया दिलमाया लिम्बूले बताइन् । हिउँदमा पानी केही सङ्लो नै हुन्छ । तर बर्खामा बाढी हुने भएकाले धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

स्याबरुम्बाका बुद्धिप्रसाद आचार्यले पानीको जोहो टार्न गाउँपालिकाले किनेको ट्याक्टरमा तमोर नदीदेखि ल्याएको पानी प्रतिलिटर ६० पैसाका दरले किनेको बताए । किनेको पानी जम्मा गर्न आचार्यले घरछेउ प्लास्टिक पोखरी बनाएका छन् । महिनामा ४ हजार ४ सय रुपैंयाँको पानी किनेर खाइरहेको उनले बताए । खोलाको दूषित पानी खान बाध्य यहाँका बासिन्दा बिरामी पर्ने गरेका छन् ।

झाडापखाला, आउँमासी, ज्वरोजस्ता बिरामबाट आफूहरू पीडित भएको स्थानीयको भनाइ छ । खोलामा गाईभैंसी आहाल बस्छन् । छेउछाउमा बालबालिकाको दिसा पिसाब हुन्छ । बाटो हिँड्ने बटुवाले समेत पानीमा फोहोर गरिदिन्छन् । गाउँलेले लुगा धुने र नुहाउने काम पनि यहीँ गर्नुपर्ने अवस्था छ । ‘केही गरे पनि खोलाको पानी सफा हुने छाँट छैन,’ स्थानीय अमृता शिबाकोटीले भनिन् ।

विद्यालयमा पर्याप्त पिउने पानी नहुँदा विद्यार्थी र शिक्षक समेतले समस्या व्यहोरिरहेका छन् । विद्यालयमा खोलाकै पानी बोतलमा भरेर लिएर जाने गरेको महेन्द्रदय आधारभूत विद्यालयमा कक्षा ६ का विद्यार्थी कमल धमलाले बताए ।

गाउँपालिकामा केन्द्र सरकारको लगानीमा तमोर लिफटङ खानेपानी आयोजना निर्माणाधीन छ । प्रदेश सरकारको लगानीमा गाउँपालिकाका विभिन्न ५ स्थानमा डिप बोरिङ प्रविधिबाट खानेपानी भर्खरै निकालिएको छ । गाउँपालिकाले ट्याक्टर खरिद गरी पानी ढुवानी गरिरहेको छ । पानीको व्यवस्थित वितरण गर्न अझै केही समय लाग्ने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...