News Portal

  • फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ता भङ्ग

    हिमाली संचार संवाददाता
    ४५८ पटक

    मनिला : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ। राष्ट्रपति डुटेर्तेको कार्यालयले जनाएअनुसार सो वार्ता टोली गत मङ्गलबार भङ्ग गरिएको हो। फिलिपिन्सका श्रमसम्बन्धी सचिवको नेतृत्वमा रहेको सो वार्ता टोलीलाई भङ्ग गरिएको जानकारी राष्ट्रपतिको कार्यालयले दिएको समाचारमा जनाइएको छ । सो वार्ता समिति चार सदस्यीय रहेको थियो ।

    राष्ट्रपति डुटेर्तेले यहाँका कम्युनिष्ट विद्रोहीहरुसँगको वार्ता पनि यसअघि नै भङ्ग गरिसक्नुभएको थियो । त्यसैले सो समिति भङ्ग भएको जानकारी दिइएको समाचारमा जनाइएको छ । उहाँले सन् २०१७ को नोभेम्बरमा यहाँका विद्रोहीसँगको वार्ता एकतर्फी रुपमा सरकारले भंग गरेको जानकारी दिनुभएको थियो ।

    राष्ट्रपति डुटेर्तेले सन् २०१७ को नोेभेम्बरमा सरकारको तर्फबाट त्यहाँका कम्युनिष्ट विद्रोहीसँगको शान्तिवार्ता स्थगित गरेको जानकारी दिनुभएको थियो । यहाँका विद्रोहीहरुले शान्ति वार्ताका लागि इमान्दारिता नदेखाएका र उनीहरुका व्यवहारबाट सरकार सन्तुष्ट हुन नसकेकोले आफ्ना तर्फबाट यो वार्ता नगर्ने भनी सरकारले घोषणा गरेको थियो ।
    त्यसपछि पनि सरकारी तर्फको शान्ति वार्ता टोली रहेकोमा यसलाई अहिले आएर भंङ्ग गरिएको हो ।

    सरकारले शान्ति वार्ताका लागि जोड दिएको भए पनि कम्युनिष्ट विद्रोहीहरुले भने हिंसात्मक आक्रमणहरु गर्ने गरेकोले सरकारी उनीहरुसँग बसेर शान्ति वार्ता गर्न नसक्ने भन्दै सरकारले सो वार्ता सन् २०१७ को नोभेम्बरदेखि नै रोकेको थियो । यहाँका कम्युनिष्ट विद्रोहीहरुले सन् १९६९ देखि फिलिपिन्सको सरकार फाल्न भन्दै हिंसात्मक आन्दोलन थालेका थिए ।

    उनीहरुको हिंसा सन् १९८० को दशकमा आएर निकै बढेको थियो । त्यस समयमा नै यहाँका हजारौँ नागरिकले हिंसामा परी ज्यान गुमाएका थिए । यहाँको सरकारले यो विद्रोहलाई दबाउनका लागि समय समयमा सैनिक शासन पनि लगाउँदै आएको छ। फिलिपिन्सको सेनाले दिएको जानकारीअनुसार यहाँको यस कम्युनिष्ट विद्रोही समूहका लडाकू गुरिल्लाहरु सन् १९८० मा २६ हजार जना रहेका बताइएको थियो ।

    तर अहिले सो सङ्ख्यामा कमी आएको यहाँको सेनाले जनाएको छ । सेनाको तथ्यांकअनुसार हाल यहाँका गुरिल्लाहरु चार हजारको संख्यामा मात्र सीमित रहेका छन् । तर यो सङ्ख्यालाई पनि यहाँको सेनाले भने राष्ट्रिय सुरक्षाका लागि चुनौतीका रुपमा नै लिएको बताइन्छ। (एजेन्सी)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...