News Portal

  • फुटसल प्रतियोगितामा ४ विद्यालय क्वाटरफाईनलमा

    हिमाली संचार संवाददाता
    ६२४ पटक

    काठमाडौं – प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगितामा सामाखुसी बोडिङ स्कुल (सेब) राजन मेमोरियल, लालिगुरास र प्रगती स्कुल क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।

    आईतवार भएको समूह B को लिग खेलबाट अपराजित रहदै सेबले ३ खेलबाट ९ अंक बनाएको छ । एक खेल खेल्न बाँकी सेबले समूह बिजोताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएको हो । त्यस्तै समूह बीबाटै राजन मेमोरियल ३ जित र एक हार सहित ९ अंकका साथ उपबिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनाएको छ । समूह ए बाट लालिगुरासले ४ खेल र प्रगती स्कुलले ३ खेलबाट समान ७ अंक बनाउदै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका छन् ।

    पहिलो खेलमा सेबले न्युटनलाई ५–१ गोल अन्तरले हराउदा उमेश बिक र सुबाष तिमल्सिनाले समान दुई–दुई गोलको योगदान दिएका थिए । दोस्रो खेलमा सेबले मन्जरी स्कुललाई ४–१ गोल अन्तरले हराउदा उमेश बिकले ह्याट्रिक पुरा गरेका थिए । तेस्रो खेलमा सेबले राजन मेमोरियललाई ३–२ गोल अन्तरले हराउदा उमेश बिकले नै २ गोलको योगदान दिएका थिए ।

    राजन मेमोरियलले मन्जरीलाई ६–१ गोल अन्तरले हराउदा रुजल गुरुङले २ गोल गरेका थिए । न्युटनलाई ५–० गोलले हराउदा प्रसान्त खड्काले २ गोलको योगदान गरेका थिए । त्यस्तै राजन मेमोरियलले ध्रुबतारालाई ६–० गोलले हराउदा रुजल, प्रसान्त र बिक्रन सिंहले समान दुई–दुई गोलको योगदान दिएका थिए ।

    एन्जल हार्ट स्कुलको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा समूह ए को लिग खेलमा लाली गुरासले ४ खेलबाट २ जित, १ बराबरी र १ हारका साथ ७ अंक जोड्दै क्वाटर फाईनलमा स्थान बनाएको छ । प्रगती स्कुलले ३ खेलबाट २ जित र १ बराबरी खेल्दै ७ अंकका साथ क्वाटर फाईनलमा स्थान बनाएको छ । (नेस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...