News Portal

माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर खुल्यो !

हिमाली संचार संवाददाता
५०८ पटक

काठमाडौं,७ चैत : माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो । सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ ।

प्रतिकित्ता १ सय रुपैयाँ पर्नेमा पहिलो चरणमा सेयर किन्ने प्रतिवद्धतास्वरुप सरकारले १० प्रतिशतमात्रै रकम तिरेर आवेदन दिन सकिने नियम बनाएको हो ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आवेदन दिनेछन् ।
आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खातासमेत खोलिसकेका छन् ।

आमसर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्ने कार्यक्रम बनेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । फागुन २ गते ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए । नेपाली नागरिकको लगानीमा नै तीन हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरू गर्न लागिएको हो ।

त्रिशूली जलविद्युत् कम्पनीका अनुसार, पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण सेयर बिक्री खुला गरिनेछ । ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत साधारण सेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । सो कम्पनीको सेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।

कम्पनीको जारी पुँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अंकित दरको ३७ लाख पाँच हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो । अग्रिम रुपमा सेयर बिक्री गर्न लागिएकाले हाल प्रतिसेयर रु १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

कुल बिक्री हुने सेयरमध्ये एक लाख ११ हजार १५० कित्ता सेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ । सेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिसेयर रु १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजार मात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ । उक्त सेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ ।

नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ भने कुल लागत निर्माण अवधिको व्याजसमेत गरी कुल रु आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...