News Portal

पोर्नस्टार मिया खलीफा को सँग विवाह गर्दैछिन् ?

हिमाली संचार संवाददाता
५२६ पटक

एजेन्सी : चर्चित पोर्नस्टार मिया खलीफाले आफ्नो प्रेमी रोवर्ट स्याण्डवर्गसँग लगनगाँठो कसेको खबर समाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनको यो घोषणाले उनका धेरै प्रशंसकहरु अचम्मितमा परेका छन् । धेरैले मियाले विवाह गर्ने घोषणा गरेकी व्यक्तिबारे जिज्ञासा राखिरहेका छन् ।

मियासँग विवाह गर्न लागेका रोवर्ट पेसाले सेफ हुन् । रोवर्टलाई सानैदेखि खाना बनाउने रुची थियो । उनको समाजिक सञ्जालमा खाना पकाइरहेका कयैन तस्बिरहरु देख्न सकिन्छ । रोवर्टको खाना पकाउने सीपको लागि पुरस्कार पनि पाएको बताइन्छ ।

रोवर्ट र मिया लामो समयदेखि डेट गरिरहेका थिए । दुवैले एकअर्कालाई स्वीकार गरेको बताएका छन् । दुवैले समाजिक सञ्जालमा एक अर्कासँग आत्मिय रुपले खिचाएका तस्विरहरु पोस्ट गर्ने गर्छन् ।

रोवर्टले समाजिक सञ्जालमा सिकागोमा डिनरमा गएको बेला मियालाई विवाहको प्रस्ताव राखेको लेखेका छन् । मिया लेबनानमा जन्मिएकी अरबी मुलकी अमेरिकी नागरिक हुन् । सन् १९९३ मा जन्मिएकी मिया सन् २००१ मा अमेरिका सरेकी थिइन् ।

हिजाब लगाएर फिल्माकंन गरिएका पोर्न भिडियोहरुमा इन्टरनेटमा आएपछि उनको विश्वव्यापी रुपमा चर्चा भएको थियो । उनले भने आफू सन् २०१४ को अन्त्य र सन् २०१५ को प्रारम्भका तीन महिनामात्र वयस्क भिडियोमा खेलेको बताएकी छिन् । त्यसपछि सामान्य जीवनमा फर्किएको उनको दावी छ ।

उनको कार्यप्रति क्रुद्ध हुँदै लेबनानमा रहेका उनका अभिभावकले उनीसँग सम्बन्ध टुटाएका थिए । साथै उनी पोर्नमा सक्रिय हुँदाका दिन इराक र सिरियामा बलियो पकड बनाएको आइएसले मुसलमानहरुको अपमान गरेको भन्दै उनलाई मार्ने धम्की दिएको थियो ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...