News Portal

  • पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्छन दलित समुदायका युवा

    हिमाली संचार संवाददाता
    ४६३ पटक

    कृष्ण दर्नाल/पाल्पा : दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छालाका जुत्ता उत्पादन गर्ने यहाँका सार्की जातिको परम्परागत पेशा हो ।

    नेपाली, बस्याल, हिताङ्ग समुदायका युवाले परम्परागत पेशालाई आधुनिकीकरण गरेर प्रशस्त आम्दानी लिन थालेपछि युवाको आकर्षण बढेको हो । तानसेन वसन्तपुर शुभकामना शु सेन्टर सञ्चालक रामप्रसाद बस्यालले मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने बताउनुभयो । दशैँ, तिहार र स्कुल भर्नाको समयमा जुत्ताको माग बढी हुने बस्यालको भनाइ छ । छालाको जुत्ता बनाउने पेशाबाट बस्यालको पाँच जनाको परिवारको प्रमुख आम्दानीको स्रोत रहेको बस्यालको भनाइ छ ।

    स्थानीय निकायले स्थानीयस्तरमा तालीम सञ्चालन गरेपछि बेरोजगार युवाले सीप सिकेर व्यवसाय गर्न थालेपछि मासिक रु २० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्ने व्यवसायीको भनाइ छ । स्वदेशमा घर परिवारसँग बसेर प्रशस्त आम्दानी हुने र स्वदेशमा नै मानसम्मान पाउने भएपछि यो व्यवसायमा लाग्ने विदेश जाने सोचमा नभएको व्यवसायी बताउँछन् ।

    बस्यालले ग्रामीण आर्थिक विकास केन्द्र पाल्पाको सहयोगमा छालाका जुत्ता बनाउने तालीम पाएपछि विसं २०५६ मा छाला जुत्ता बनाउने घरेलु उद्योग सञ्चालन गर्नुभएको थियो । कामको खोजीमा अधिकांश युवा विदेशिएका बेला पाल्पाका युवा स्वदेशमा नै ज्ञान, सीप र श्रम गर्नेका लागि पैसा कमाउन विदेश जानु पर्दैन भन्ने नमूना बनेका छन् ।

    छोराछोरीलाई राम्रो स्कुलमा पढाउन, सुखपूर्ण घरपरिवारको लालनपालन गरी आवश्यक पैसा वित्तीय संस्थामा बचत गर्न सफल भएका छन् । केही व्यवसायले सदरमुकाम तानसेन क्षेत्रमा घरसमेत बनाइसकेको छन् । छालाका जुत्ताको कारोवार बाह्रै महीना हुँदै आएको छ । छालाका जुत्ता पसलमा स्कुले बालबालिकादेखि विवाह भोज तथा अफिस जाँदा लगाउन जुत्ता बनाउने काम हुन्छ ।

    न्यूनतम रु ६०० देखि दुई हजार ५०० सम्मका जुत्ता पाल्पामा उत्पादन हुने व्यवसायीको भनाइ छ । दलित समुदायका युवालाई छालाका जुत्ता बनाएबापत सामाजिकरुपमा विभेद हुँदै आउने भए पनि पछिल्ला वर्षमा जातीय छुवाछूतजन्य व्यवहारसमेत हुन छाडेको छ । काम गरेपछि मामको जोहो गर्न सजिलो हुने र दुई चार पैसा कमाएपछि झनै सामाजिक सम्मान हुने व्यवसायी बताउँछन् ।

    सानो लगानीबाट प्रशस्त आम्दानी हुने भएपछि परम्परागत पेशाप्रति युवा पुस्ताको आकर्षण बढेको छ । विवाह तथा सार्वजनिक कार्यक्रम छालाको जुत्ताको प्रयोग बढेको छ । सरकारी कर्मचारी, स्कुल पढ्ने विद्यार्थीको समेत छालाको जुत्ताको प्रयोग बढेको छ । छाला जुत्ता उत्पादन गर्ने उद्योग फस्टाउन सफल भएको व्यवसायी गोविन्द नेपालीले बताउनुभयो ।

    पाल्पा सदरमुकाम तानसेन र रामपुरमा छालाको जुत्ताको कारोवार बढी हुँदै आएको छ । जिल्लाको व्यापारिक केन्द्र हार्थोक, छहरा, अर्गाली, कसेनी, झडेवा, खहरे, आर्यभञ्ज्याङ, ताहुलगायतका क्षेत्रमा छाला जुत्ताको पसल विस्तार हुँदै गएको छ । यो समुदायका मानिसको आयस्रोतसमेत बढ्दा परिवार सुख बढेको बताउँछन् ।

    नयाँ छालाका जुत्ता उत्पादन गर्नेदेखि सडकका चोकचोकमा जुत्ता मर्मत गर्नेसमेत परिवारले जीविकोपार्जन राम्रोसँग गर्न सफल भएका छन् । सीप भएपछि ठूलो लगानीको आवश्यकता नरहने र जानेको काम गर्दा कोही सानो र कोही ठूलो हुने भन्ने मान्यता तोडेर काम गरेमा पैसा कमाउनका लागि अरुको देशमा श्रम बेच्न नगर्ने दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले बताउनुभयो ।

    दलित समुदायका छालाका जुत्ता बनाउने पेशालाई संरक्षण गर्नका लागि स्थानीय सरकारले बजेट तथा कार्यक्रम तय गरी सञ्चालन गर्न सकेको अवस्थामा बेरोजगार समस्या केही मात्रामा सहज हुने सरोकारवाला पक्षको भनाइ छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...