News Portal

होमबहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई

हिमाली संचार डटकम
१९२४ पटक

कमल सिंह, कुवेत।
युएईसहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमालीसंचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका छन।

बागलुङको गल्कोट नगरपालिका वडा नम्बर ५ सर्दाखेतका ३८ बर्षिय मृगौला पीडित मल्ल ६ महिना देखि काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचाररत छन। पीडित मल्लको दुबै मृगौला फेल भएको अस्पताल श्रोतले जनाएको छ।

साथै उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको कारणले परीवारको अत्यन्तै कमजोर आर्थिक अबस्था भएकोले देश तथा बिदेशमा रहनु भएका बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसस्थाहरु लगाएत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सहयोगका लागि अपिल गरिएको पीडित मल्लका सहयोगी सुमेन्द्र सिंह ठकुरीले हिमाली संचारलाई बताए।

ठकुरी सहयोग संजाल युएईले संकलन गर्दै गरेको रकमको विवरण :

१) दिनेश सिंह ठ्कुरी, गुल्मी – ५० दिराम
२) रामचन्द्र सिंह ठकुरी, गुल्मी – ५० दिराम
३) गिरेन्द्र सिंह ठकुरी, गुल्मी – ५० दिराम
४) दिपु मल्ल ठ्कुरी, तनहुँ – ५० दिराम
५) बिरेन्द्र शाही ठकुरी, तनहुँ – ५० दिराम
६) दिपक शाही, बर्दिया – ५० दिराम

होम बहादुर मल्ल बचाउ अभियानमा ठकुरी सहयोग संजाल युएईसग हातेमालो गर्न चाहाने मनकारी मनहरुले तलको फोन नम्बरमा सम्पर्क गर्नहुन संजालले अनुरोध गरेको छ।

बरिस्ठ उपाध्यक्ष – दिपक शाही ठकुरी (+९७१५६४७०९९२१)

सचिब – जीवन सिंह ठकुरी (+९७१५२६१२३०६६)

यो पनि पढनुहोस।

सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होमबहादुर मल्ल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...