News Portal

होमबहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई

हिमाली संचार डटकम
२०३२ पटक

कमल सिंह, कुवेत।
युएईसहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमालीसंचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका छन।

बागलुङको गल्कोट नगरपालिका वडा नम्बर ५ सर्दाखेतका ३८ बर्षिय मृगौला पीडित मल्ल ६ महिना देखि काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचाररत छन। पीडित मल्लको दुबै मृगौला फेल भएको अस्पताल श्रोतले जनाएको छ।

साथै उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको कारणले परीवारको अत्यन्तै कमजोर आर्थिक अबस्था भएकोले देश तथा बिदेशमा रहनु भएका बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसस्थाहरु लगाएत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सहयोगका लागि अपिल गरिएको पीडित मल्लका सहयोगी सुमेन्द्र सिंह ठकुरीले हिमाली संचारलाई बताए।

ठकुरी सहयोग संजाल युएईले संकलन गर्दै गरेको रकमको विवरण :

१) दिनेश सिंह ठ्कुरी, गुल्मी – ५० दिराम
२) रामचन्द्र सिंह ठकुरी, गुल्मी – ५० दिराम
३) गिरेन्द्र सिंह ठकुरी, गुल्मी – ५० दिराम
४) दिपु मल्ल ठ्कुरी, तनहुँ – ५० दिराम
५) बिरेन्द्र शाही ठकुरी, तनहुँ – ५० दिराम
६) दिपक शाही, बर्दिया – ५० दिराम

होम बहादुर मल्ल बचाउ अभियानमा ठकुरी सहयोग संजाल युएईसग हातेमालो गर्न चाहाने मनकारी मनहरुले तलको फोन नम्बरमा सम्पर्क गर्नहुन संजालले अनुरोध गरेको छ।

बरिस्ठ उपाध्यक्ष – दिपक शाही ठकुरी (+९७१५६४७०९९२१)

सचिब – जीवन सिंह ठकुरी (+९७१५२६१२३०६६)

यो पनि पढनुहोस।

सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होमबहादुर मल्ल

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...