News Portal

सचिवालयले कार्यदल भङ्ग गरेपछि असन्तुष्ट नेताहरुले ओली प्रचण्डलाई छुटै प्रतिवेदन बुझाउने

हिमाली संचार संवाददाता
४०६ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्तिशाली कार्यदल भङ्ग भएपछि असन्तुष्ट नेताहरुले अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।

शुक्रबारको सचिवालय बैठकले कार्यदल भंग गर्ने र एकीकरणका बाँकी कामको प्रस्ताव सचिवालयलेनै गर्ने निर्णय गरेसँगै कार्यदलका केहि सदस्यहरु आफ्ना लिखित धारणा सहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी गरेका हुन् ।

बिहिबार विहान कार्यदलका सदस्यसहित बसेको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुले वाँकी काम टुंगाउन भन्दै एक हप्ताको समय माग गरेका थिए ।

बैठकमा कार्यदलले समय मागेपनि अध्यक्ष ओलीले कार्यदललाई थप समय नदिने र बाँकी काम सचिवालयलेनै टुङ्ग्याउने प्रस्ताव गरेका थिए । अर्का अध्यक्ष प्रचण्ड लगायतका केही नेताहरु भने कार्यदललाई एक हप्ताको समय दिनुपर्ने प्रस्ताव राखेका थिए । कार्यदललाई थप समय दिने वा सचिवालयलेनै टुङ्ग्याउने भन्ने विषयमा एक मत हुन नसकेपछि बैठक स्थगित भएको थियो ।

तर, शुक्रबार बसेको बैठकमा अध्यक्ष ओलीको प्रस्ताव अनुसार कार्यदललाई धन्यवाद सहित विदाई गर्ने निर्णय गरेको छ ।

कार्यदल भङ्ग भएपछि असन्तुष्ट बनेका केही नेताहरुले, ‘कार्यदल किन भंग गरियो ? कार्यदललाई किन असफल बनाइयो ?’ भन्दै आफ्ना लिखित धारणा अध्यक्षद्वयलाई बुझाउने तयारी गरेको कार्यदल सदस्य योगेश भट्राईले रातोपाटीलाई बताए ।

‘विहिबार कार्यदलसहित बसेको सचिवालय बैठकमा हामीले एक हप्ताको समय माग गरेको थियौँ । तर, आज बसेको सचिवालय बैठकले कार्यदललाई विदाई गर्ने निर्णय गर्यो,’ नेता भट्टराईले भने, ‘किन कार्यदलको काम भएन ? कार्यदललाई किन असफल बनाइयो ? अब यसको विकल्प के हो ? भनेर कार्यदलका बहुमत सदस्यहरुले लिखित रुपमा आफ्ना धारणा सुझाव अध्यक्षद्वयलाई बुझाउँछाँै ।’

स्थायी कमिटी बैठकले पौष १३ गते ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई पौष मसान्त भित्रमा एकीकरणका सबै वाँकी कामको प्रस्ताव तयार गर्ने, विधानमा भएको त्रुटि सच्चाउने, केन्द्रीय सदस्यको कार्यविभाजन लगाएतको जिम्मेवारी थियो ।

कार्यदल गठन यता सात पटक बैठक बसेपनि विधान बाहेक अन्य विषयमा कार्यदलका सदस्यहरुबीच सहमति हुन सकेको थिएन । त्यसपछि माघ २१ गते बसेको सचिवालय बैठकले यथास्थितिमा कार्यदलको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । सचिवालयले प्रतिवेदन मागे पछि संयोजक बादलले अपुरोे प्रतिवेदन सचिवालयलाई बुझाएका थिए ।

कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका थिए ।

प्रतिकृया दिनुहोस्

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...