News Portal

  • सचिवालयले कार्यदल भङ्ग गरेपछि असन्तुष्ट नेताहरुले ओली प्रचण्डलाई छुटै प्रतिवेदन बुझाउने

    हिमाली संचार संवाददाता
    २६८ पटक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्तिशाली कार्यदल भङ्ग भएपछि असन्तुष्ट नेताहरुले अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।

    शुक्रबारको सचिवालय बैठकले कार्यदल भंग गर्ने र एकीकरणका बाँकी कामको प्रस्ताव सचिवालयलेनै गर्ने निर्णय गरेसँगै कार्यदलका केहि सदस्यहरु आफ्ना लिखित धारणा सहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी गरेका हुन् ।

    बिहिबार विहान कार्यदलका सदस्यसहित बसेको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुले वाँकी काम टुंगाउन भन्दै एक हप्ताको समय माग गरेका थिए ।

    बैठकमा कार्यदलले समय मागेपनि अध्यक्ष ओलीले कार्यदललाई थप समय नदिने र बाँकी काम सचिवालयलेनै टुङ्ग्याउने प्रस्ताव गरेका थिए । अर्का अध्यक्ष प्रचण्ड लगायतका केही नेताहरु भने कार्यदललाई एक हप्ताको समय दिनुपर्ने प्रस्ताव राखेका थिए । कार्यदललाई थप समय दिने वा सचिवालयलेनै टुङ्ग्याउने भन्ने विषयमा एक मत हुन नसकेपछि बैठक स्थगित भएको थियो ।

    तर, शुक्रबार बसेको बैठकमा अध्यक्ष ओलीको प्रस्ताव अनुसार कार्यदललाई धन्यवाद सहित विदाई गर्ने निर्णय गरेको छ ।

    कार्यदल भङ्ग भएपछि असन्तुष्ट बनेका केही नेताहरुले, ‘कार्यदल किन भंग गरियो ? कार्यदललाई किन असफल बनाइयो ?’ भन्दै आफ्ना लिखित धारणा अध्यक्षद्वयलाई बुझाउने तयारी गरेको कार्यदल सदस्य योगेश भट्राईले रातोपाटीलाई बताए ।

    ‘विहिबार कार्यदलसहित बसेको सचिवालय बैठकमा हामीले एक हप्ताको समय माग गरेको थियौँ । तर, आज बसेको सचिवालय बैठकले कार्यदललाई विदाई गर्ने निर्णय गर्यो,’ नेता भट्टराईले भने, ‘किन कार्यदलको काम भएन ? कार्यदललाई किन असफल बनाइयो ? अब यसको विकल्प के हो ? भनेर कार्यदलका बहुमत सदस्यहरुले लिखित रुपमा आफ्ना धारणा सुझाव अध्यक्षद्वयलाई बुझाउँछाँै ।’

    स्थायी कमिटी बैठकले पौष १३ गते ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई पौष मसान्त भित्रमा एकीकरणका सबै वाँकी कामको प्रस्ताव तयार गर्ने, विधानमा भएको त्रुटि सच्चाउने, केन्द्रीय सदस्यको कार्यविभाजन लगाएतको जिम्मेवारी थियो ।

    कार्यदल गठन यता सात पटक बैठक बसेपनि विधान बाहेक अन्य विषयमा कार्यदलका सदस्यहरुबीच सहमति हुन सकेको थिएन । त्यसपछि माघ २१ गते बसेको सचिवालय बैठकले यथास्थितिमा कार्यदलको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । सचिवालयले प्रतिवेदन मागे पछि संयोजक बादलले अपुरोे प्रतिवेदन सचिवालयलाई बुझाएका थिए ।

    कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    कागबेनीमा विद्यार्थी सवार बस दुर्घटनामा २१ जना घाइते

    म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा बस सडकमा पल्टिँदा २१...

    आज बैशाख-१८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १८ गते मंगलबार इश्वी सन २०२४ अप्रिल ३०...

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal