News Portal

वृहत चौरजहारी महोत्सव २०७५ को तयारी तीव्र

हिमाली संचार संवाददाता
५६३ पटक
ज्ञानु गौतम,रुकुम

रुकुमको चौरजहारीमा हुन लागेको वृहत चौरजहारी महोत्सव २०७५ को तयारीलाई तीव्र रुपमा पारिएको छ । कृषि प्राकृतिक सम्पदा कला संस्कृतिको संरक्षण, उद्योग व्यापार संगै पर्यटन प्रवद्र्धन हाम्रो अभियान, आत्मानिर्भर एकता र संवृद्ध नगरको निर्माण, चौरजहारी नगरवासिको पहिचान भन्ने मुल नाराका साथ चौरजहारी उद्योग वाणिज्य संघले आगामी फागुन ७ देखि १७ गते सम्म चौरजहारीमा महोत्सवका संचालन गर्न लागेकोे हो।

चौरजहारी नगरपालिकाका विभिन्न ऐतिहासिक¸ धार्मिक एबं पर्यटकिय क्षेत्रहरुलाई चिनाउन तथा व्यापार व्यवसायमा टेवा पुर्याउने उद्धेश्यले महोत्सब आयोजना गरेको महोत्सब मुल आयोजक समारोह समितिका संयोजक एबं संघका अध्यक्ष प्रेम गहतराजले वताउनु भयो ।

महोत्सवलाई सफल पार्न उद्योग वाणिज्य संघले चौरजहारीमा रहेका विभिन्न कार्यालयका प्रमुख एवम प्रतिनिधि, पत्रकार व्यापार व्यावसायी तथा सरोकारवाला निकायहरुसंग छलफल समेत गरेको छ । चौरजहारी नगरपालिकाको वडा नं २कोे रंगशालामा हुने महोत्सवको लागी व्यापक प्रचार प्रसार व्यानर तथा पर्चा पम्पिलेट छपाईको काम अन्तिम चरणममा पुगेको प्रचारप्रसार समितिका संंयोजक एब. प्रथम उपाध्यक्ष यदु कुमार आर्चायले जानकारी दिनुभयो ।

महोत्सवमा महानायक राजेश हमाल, बिराज भट्ट, मेलिना राई, कुलेन्द्र विश्वकर्मा, प्रकास सपुत, प्रिति आले, शान्ति श्री परियार,भुमिका गिरी,जीवन शर्मा, हेमन्त शर्मा ,किरणवावु पुन,तिलक परियार,जय देवकोटा, अमित परियार पुर्ण चन्द केसी धनराज चनारा रमेशराज भटटराई आउने संघका कोषाअध्यक्ष एबं सास्कृतिक संयोजक सन्तोष वलीले जानकारी दिनुभयो ।

त्यसैगरी हास्यकलाकार जिग्री पाण्डे,महादेव त्रिपाटी जादुगर, नायिका शुष्मा अधिकारी, पुजा परियार डान्सर कृति पाण्डे, सगुन थापा, अन्जली चन्द ठकुरी स्थानिय कलाकार विजय तिरुवा, भरत वि.क, लोकेन्द्र परियार अनिता वि.क र अभि सुनारले समेत आफनो प्रस्तुति राख्ने संयोजक वलीले जानकारी दिनुभयो।

रुकुम सल्यान जाजरकोट लगाएतका जिल्लावाट आउने दर्शकहरुले नयाँ प्रविधि सुपथ मुल्यका पसल वाट समान किनमेल तथा अवलोकन गर्न पाउने छन । महोत्सवमा १ सय २० वटा स्टल रहने वताईएको छ । महोत्सव अवधिभर करीव ६० देखि ७० हजार भन्दा वढी दर्शकहरुले अवलोकन गर्ने र । करीव २ देखि ३ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा लिएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...