News Portal

कुवेतमा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुँदै

दूई पंन्छि गायक सहित गायिका शान्ता परियारले धमाका मच्चाउने !

हिमाली संचार संवाददाता
७६१ पटक

कुवेत, २९ जनवरी : कुवेतमा लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” हुने भएको छ।

आगामी मार्च १५ तारिख शुक्रबार दिन कुवेतको जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्न लागेको “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९ LUMBINI MEGA MUSIC SHOW – 2019″ (Buddha was born in Nepal) मा आफ्नो सागितिक प्रस्तुति दिन अतिथि कलाकारहरु कुवेत आउन लागेको कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी दिएका छन ।

चर्चित पंन्छि गायक पुष्पन प्रधान, नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने समाजले जानकारी दिएको छ।

प्रवासबाटै दुखि, पिडित, समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले केही नयाँ संन्देश सहित आफ्नो छैटौ वार्षिकोत्सव सागितिक धमाका सहित मनाउने उद्देश्यले “लुम्बिनी मेघा म्यूज़िक सो २०१९” आयोजना गर्ने लागिएको हुदा कुवेतमा कृयाशिल सघ संस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लयागत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाइ हार्दिक निमन्त्रणा सहित कार्यक्रम सफल पारिदिनुहुन समाजका अध्यक्ष रुपेन हमालले सबैमाझ अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...