News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अंग्रेजी नयाँ बर्ष २०१९ कुवेतमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यसरी मनायो

    हिमाली संचार संवाददाता
    ५३० पटक

    माधब शाही 
    कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष विशेष सांगीतिक धमाका २०१९ सम्पन्न भएको छ। कुवेतको हवालीको बोय स्काउट थियटरमा चर्चित दोहोरी गायक खुमन अधिकारीका साथ सांगीतिक धमाका सम्पन्न भएको हो।

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यता तथा उनकी धर्मपत्नी रीता हमाल बिशिष्ट अतिथीको रुपमा सहभागी थिए।

    अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो।

    कार्यक्रम संचालन समाजका सल्लाहकार अम्मर खड्का  र महासचिब निरुमायाँ खड्काले संयुक्तरुपमा गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई  समाजका उपाध्यक्ष कृष्ण सुनुवारले मन्तब्यद्वारा स्वागत गरेका थिए।

    कार्यक्रम सभापती, प्रमुख अतिथि, बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी साथै पाँचौ वार्षिक उत्सबको उपलक्ष्यमा केक काटी सांगितिक कार्यक्रमको उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत तथा कुवेतको राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो।

    प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल, बिशिष्ट अतिथीमा राजदुत धर्मपत्नी रीता हमाल, पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल , नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

    बक्ताहरुले प्रवासमा रहँदा कामको थकाई लाई बिर्सिदै एक दिन भए पनी सबै दुखस् बिर्सिदै नेपालमा जस्तै रमाइलो गर्न पाउँदा आयोजक प्रति आभार प्रकट गरेका थिए। चर्चित गायक खुमन अधिकारीको सांगीतिक प्रस्तुति हेर्नका लागि कुवेतवासी नेपालीहरु व्यग्र प्रतिक्षामा थिए।

    कार्यक्रम हल खचाखच भरिएको थियो। जब साँझ ३ बजेतिर चर्चित लोक दोहोरी गायक अधिकारी मञ्चमा उक्लिए, दर्शक दीर्घाबाट ताली वर्षियो। मञ्च उक्लिने बित्तिक्कै खुमनले आफ्नो नयाँ आउँदै गरेको गीत कुहु कुहु कोहिली कराउने गुनगुनाए, ‘सँगै बाच्न पाईएन निर्माया’ सिलाई देउला भोटो, कपाल कोर्ने काँइयो, त्यो मन रुन्न होला, स्यांजालीलाई न भन जाली, लगायत एक दर्जन भन्दा बढी प्रस्तुती पस्केका थिए। हानहान दोहोरीमा र्याप’ भन्ने गीत गाउँदा नाच्नेको धुइरो नै लागेको थियो।

    खुमनको प्रस्तुति कुवेतवासी नेपालीले निकै मन पराए। उनले मञ्चमा गाउँदै, नाच्दै एक घण्टा बढी समय बिताएका थिए भने स्थानिय कलाकारहरुको प्रस्तुतिले उपस्थित दर्शक हरुलाई थप मनोरन्जन प्रदान गरेको थियो।

    रेली खोला बगर काफल पाक्यो लहरको गितको बोलमा पुजा खड्को नृत्य बाट सुरु भयको सांगितिक धमाकामा बिजय ठकुरी, ललित पुन, पुजा खड्का, नेहा राय श्याम बीसी, साबित्रा गैरे, सन्ध्या मगर, अरुण रास्कोटी लगायतले नृत्य पस्केका थिए भने गायन सालको पात टपरी  उनी रतन बाजुराली, बसन्त परिवार उही खोलीको पानी उही, गोबिन्द न्यौपाने, बिमल श्रेष्ठ, कृष्ण सुनुवार, दिलिप शाह, ललित पुन मगर, विशाल पाख्रिन लगायतको लगायतको गायनले उपस्थित हरुको मन जितेको थियो।

    समाजले गर्यो राजदुत दम्पतीलाई सम्मान तथा बिदाई 
    अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतले कदर पत्रका साथ दोसल्ला ओडायर नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाल लाई सम्मान तथा बिदाई गरेको छ।

    राजदुत हमाल कार्यअबधी समाप्त भइ नेपाल फर्किन लागेका हुन् । कुवेतको कार्यअबधीमा नेपाल र नेपालीहरुको हितमा इमान्दारिता  साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी उक्त कार्यको उच्च मुल्यांकन गर्दै अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतले कदर पत्रका साथ सम्मान गरेको हो।

    विशेष सहयोगीहरुलाई पनि सम्मान 
    समाजले कार्यक्रम सफल पार्न सहयोग गरेका विशेष सहयोगीहरु लगायत अतिथी कलाकारलाई कदर पत्रका साथ दोसल्लाले सम्मान गरेको छ।

    कार्यक्रममा अतिथी दोहोरी गायक खुमन अधिकारी, एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङ, माया बुधा, शिब कोइराला, राजेन्द्र कटवाल, चन्द्रकला गौतम, टिका न्यौपाने, बिष्णु परियार, होमनाथ गिरी लगाएत सम्मानित भएका छन्।

    वार्षिक उत्सब तथा नयाँ बर्ष सांगीतिक धमाका कार्यक्रमका सभापती डोल राज न्यौपानेले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...