नवराज तिमल्सिना “एकान्ते”
काठमाडौं : लगनको महिना संगै पन्चे बाजाका गीतहरु बजारमा आउने क्रम बड्दो छ। यसै क्रममा जापानलाई कर्म थलो बनाएर बस्नु भएका गायक प्रेम कुमार बस्नेतको नयाँ पन्चे बाजा गीत (नैमतिको धुन) सर्वत्र बजारमा उपलब्ध भैसकेको छ।
गीतमा गुल्मेली ठिटा र बाग्लुङे ठिटी बिचको मज्जाको ठट्टेउली दोहोरी देख्न र सुन्न पाईन्छ। गीतको शब्द गायक सुर्य खड्काको छ भने संगीत गायक ऋषी अधिकारीको रहेको छ।
प्रकास भट्टको निर्देशनमा भिडियो पक्ष पनि उतिकै राम्रो बनेको छ। चर्चित मोडल दुर्गेश थापा र ऋचा थापाको अभिनयले गीतलाई अझै बडी रमाइलो र आकर्षक बनाएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
