News Portal

बुढेसकालमा नागरिकता पाएका थिउरी कामी भन्छिन – सिरानीमै नागरिकता राखेर मर्छु !

हिमाली संचार संवाददाता
७६५ पटक

नगेन्द्र उपाध्याय
सुर्खेत : चौकुने गाउँपालिका–८ भट्टेसेराकी थिउरी कामीले नागरिकता प्राप्तीका लागि गरेको संघर्षको फेहरिस्त लामै छ। नागरिकताकै लागि उनले वर्षौ संघर्ष गरिन्। पुर्ख्यौली थलो अछाम र सुर्खेतका विभिन्न सरकारी निकाय धाइन्। कतैबाट पनि उनले नागरिकता प्राप्त गर्न सकिनन्। सरकारी निकायले मागेका कागजात पूरा गर्न नसक्दा उनले नागरिकता प्राप्त गर्ने आश मारिसकेकी थिइन्।

जिल्ला प्रशासन कार्यालय र चौकुने गाउँपालिकाले पश्चिम सुर्खेतको गुठुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा नागरिकता प्राप्त गरेपछि उनमा खुशीको सीमा छैन्। ‘नागरिकता नपाएरै मर्छु जस्तो लागिरहेको थियो’ ७६ वर्षको उमेरमा नागरिकता पाएपछि थिउरीले भनिन्, ‘अव सिरानीमै नागरिकता राखेर मर्छु।

थिउरीले बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकोमा खुशी व्यक्त गरिन्। नागरिकताकै लागि उनले धेरै पटक सुर्खेत र अछामका सरकारी कार्यालय धाइन्। आवश्यक कागजपत्र नमिलेको भन्दै उनलाई फर्काइन्थ्यो। उनले विवाह गरिनन्। माइतीमै बस्दै आएकी थिउरीलाई नागरिता दिलाउन उनका दाई टोपबहादुरले पनि धेरै पहल गरे।

‘ऋण गरेर धेरै पटक अछाम र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुग्यौं, कागजपत्र नमिलेको भन्दै फर्काइन्थ्यो’ टोपबहादुरले भने, ‘अहिले घर–आँगनमै नागरिकता प्राप्त भयो।

उनकै उमेरकाले सामाजिक सुरक्षा भत्ता पाउँदा, यातायातमा छुट पाउँदा थिउरीलाई नागरिकताको थप महत्वका बारेमा थाहा भयो। ‘नागरिकताका लागि जहिल्यै जिद्दी गर्थिन्’ दाजु टोपबहादुरले भने, ‘अव अरुले पाउने सरकारी सुविधा पनि बहिनीले पाउने भइन्।’ नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता मात्रै होइन्, गाउँमा गठन हुने समूह, सहकारीका सेवाबाट समेत वञ्चित थिइन।

एकीकृत घुम्ती शिविरमा सात जना पुरुषसहित एक सय ९९ जनाले नागरिकता प्राप्त गरे। दुई सय ५९ जनाले फोटोसहितको मतदाता नामावली बनाए। नेपाली सेना र नेपाल प्रहरीले आयोजना गरेको स्वास्थ्य शिविरबाट चार सय ३४ जनाले स्वास्थ्य सेवा प्राप्त गरे।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले घुम्ती शिविरबाट धेरैजसो महिलाहरुले नागरिकता प्राप्त गरेको बताए। ‘हामीले वितरण गरेका एक सय ९९ नागरिकता मध्ये सात जना मात्रै पुरुषले प्राप्त गरेका छन्’ उनले भने, ‘बाँकी सबै महिलाले नागरिकता प्राप्त गरेका छन्।

यहाँका अधिकांस पुरुषहरु कमाउनका लागि कालापहाड (भारत) जान्छन्। ‘पुरुष घरमा नहुँदा महिलाहरुलाई नागरिकता बनाउन समस्या हुने गरेको देखियो’ उनले भने, ‘शिविरमा यस्ता समस्या भएका महिलाहरुलाई नागरिकता वितरण गर्न सफल भयौं।

गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जनतालाई घर आँगनमै सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको सहयोगमा एकीकृत घुम्ती शिविरको आयोजना गरिएको बताए।

पहिलो चरणमा गाउँपालिकाको केन्द्रमा एकीकृत घुम्ती शिविर राखेका छौं, अव वडा–वडामा यस्ता शिविरको आयोजना गछौं’ उनले भने, ‘हाम्रो उद्देश्य जनतालाई घर आँगनमै सेवा दिने हो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...