News Portal

  • बुढेसकालमा नागरिकता पाएका थिउरी कामी भन्छिन – सिरानीमै नागरिकता राखेर मर्छु !

    हिमाली संचार संवाददाता
    ७०२ पटक

    नगेन्द्र उपाध्याय
    सुर्खेत : चौकुने गाउँपालिका–८ भट्टेसेराकी थिउरी कामीले नागरिकता प्राप्तीका लागि गरेको संघर्षको फेहरिस्त लामै छ। नागरिकताकै लागि उनले वर्षौ संघर्ष गरिन्। पुर्ख्यौली थलो अछाम र सुर्खेतका विभिन्न सरकारी निकाय धाइन्। कतैबाट पनि उनले नागरिकता प्राप्त गर्न सकिनन्। सरकारी निकायले मागेका कागजात पूरा गर्न नसक्दा उनले नागरिकता प्राप्त गर्ने आश मारिसकेकी थिइन्।

    जिल्ला प्रशासन कार्यालय र चौकुने गाउँपालिकाले पश्चिम सुर्खेतको गुठुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा नागरिकता प्राप्त गरेपछि उनमा खुशीको सीमा छैन्। ‘नागरिकता नपाएरै मर्छु जस्तो लागिरहेको थियो’ ७६ वर्षको उमेरमा नागरिकता पाएपछि थिउरीले भनिन्, ‘अव सिरानीमै नागरिकता राखेर मर्छु।

    थिउरीले बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकोमा खुशी व्यक्त गरिन्। नागरिकताकै लागि उनले धेरै पटक सुर्खेत र अछामका सरकारी कार्यालय धाइन्। आवश्यक कागजपत्र नमिलेको भन्दै उनलाई फर्काइन्थ्यो। उनले विवाह गरिनन्। माइतीमै बस्दै आएकी थिउरीलाई नागरिता दिलाउन उनका दाई टोपबहादुरले पनि धेरै पहल गरे।

    ‘ऋण गरेर धेरै पटक अछाम र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुग्यौं, कागजपत्र नमिलेको भन्दै फर्काइन्थ्यो’ टोपबहादुरले भने, ‘अहिले घर–आँगनमै नागरिकता प्राप्त भयो।

    उनकै उमेरकाले सामाजिक सुरक्षा भत्ता पाउँदा, यातायातमा छुट पाउँदा थिउरीलाई नागरिकताको थप महत्वका बारेमा थाहा भयो। ‘नागरिकताका लागि जहिल्यै जिद्दी गर्थिन्’ दाजु टोपबहादुरले भने, ‘अव अरुले पाउने सरकारी सुविधा पनि बहिनीले पाउने भइन्।’ नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता मात्रै होइन्, गाउँमा गठन हुने समूह, सहकारीका सेवाबाट समेत वञ्चित थिइन।

    एकीकृत घुम्ती शिविरमा सात जना पुरुषसहित एक सय ९९ जनाले नागरिकता प्राप्त गरे। दुई सय ५९ जनाले फोटोसहितको मतदाता नामावली बनाए। नेपाली सेना र नेपाल प्रहरीले आयोजना गरेको स्वास्थ्य शिविरबाट चार सय ३४ जनाले स्वास्थ्य सेवा प्राप्त गरे।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले घुम्ती शिविरबाट धेरैजसो महिलाहरुले नागरिकता प्राप्त गरेको बताए। ‘हामीले वितरण गरेका एक सय ९९ नागरिकता मध्ये सात जना मात्रै पुरुषले प्राप्त गरेका छन्’ उनले भने, ‘बाँकी सबै महिलाले नागरिकता प्राप्त गरेका छन्।

    यहाँका अधिकांस पुरुषहरु कमाउनका लागि कालापहाड (भारत) जान्छन्। ‘पुरुष घरमा नहुँदा महिलाहरुलाई नागरिकता बनाउन समस्या हुने गरेको देखियो’ उनले भने, ‘शिविरमा यस्ता समस्या भएका महिलाहरुलाई नागरिकता वितरण गर्न सफल भयौं।

    गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जनतालाई घर आँगनमै सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको सहयोगमा एकीकृत घुम्ती शिविरको आयोजना गरिएको बताए।

    पहिलो चरणमा गाउँपालिकाको केन्द्रमा एकीकृत घुम्ती शिविर राखेका छौं, अव वडा–वडामा यस्ता शिविरको आयोजना गछौं’ उनले भने, ‘हाम्रो उद्देश्य जनतालाई घर आँगनमै सेवा दिने हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...