News Portal

अमेरिकाले अफगानिस्तान र सिरियाबाट सेना फिर्ता गर्ने निर्णयबाट को खुसी, को दुःखी ?

हिमाली संचार संवाददाता
५३८ पटक

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि सिरियाबाट सेना फिर्ता गर्ने तथा अफगानिस्तानबाट सेनाको संख्या घटाउने ऐतिहासिक निर्णय गरे । यो कदमपछि सम्बध पक्षहरुबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।

ट्रम्पले आकश्मिक रुपमा लिइएको सेना फिर्तीको आफ्नो निर्णयको बचाउ गरेका छन् । उनले अमेरिका अब ‘मध्यपूर्वको पुलिस’ बनिरहन नसक्ने बताएका छन् ।  अमेरिकाको यस निर्णयमा सम्बधित पक्षहरुले निम्न प्रतिक्रिया दिएका छन् ।

अफगानिस्तानमा को खुसी छ ?

तालिवान: निसन्देश यो इस्लामिक विद्रोही समुह खुसी छ । तालिवानी पदाधिकारीहरुले यो कदमले अफगानिस्तानको शान्ति प्रक्रियामा सहयोग गर्न सक्ने बताएका छन् । उनीहरुले यस कदमबाट अफगानिस्तानको द्वन्द्वमा अमेरिकाले ‘राजनीतिक समाधान चाहेको’ सकेंतको रुपमा बुझेको बताएका छन् ।

एक समय लगभग सफाया भएको तालिवान समुहले अहिले अफागानिस्तानका ६१ प्रतिशत क्षेत्रलाई नियन्त्रण लिएको वा लिन संघर्ष गरिरहेको देखिन्छ ।

पाकिस्तान: इस्लामावादले अमेरिका अफगानिस्तानबाट अचानक बाहिरिँदा त्यसले अराजकता निम्त्याउने बताउँदै आएको थियो । तर अहिले आएर उसले ट्रम्पको निर्णयको स्वागत गरेको छ । सेना फिर्ता गरिँदा अफगानिस्तानमा अमेरिकाको पाकिस्तानमाथि निर्भरता बढ्नेछ ।

दुःखी शक्तिहरु
अफगान सरकार: अफगान सेनाका जनरलहरु अमेरिकी सेना र हवाई फौजबिना देशमा तालिवानविरुद्ध लड्न गाह«ो हुने कुरामा चिन्तित छन् ।

भारत : पेन्टागनले भारतलाई अफगानिस्तानको ‘सबैभन्दा भरपर्दो क्षेत्रीय मित्र’ भनेको छ । तर अब अमेरिकी सेना फर्किएपछि नयाँ दिल्लीले उक्त क्षेत्रमा सम्भावित रुपमा गिर्ने सुरक्षा अवस्थासँग सामाना गर्नुपर्ने हुनसक्छ ।

सिरियामा को–को खुसी छन् ?

इस्लामिक स्टेट: अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नुको कारणमा इस्लामिक स्टेट हारिसकेको बताएका छन् । तर यो जिहादी समूहको अहिले पनि सुसुप्त अवस्थामा क्रियाशील छ । अब अमेरिकी सेना फिर्ता भइसकेपछि उसले आफूलाई पुनरगठित गर्न सक्छ ।

इरान: अमेरिकी विज्ञहरुले ट्रम्पको कदमले इरानलाई मैदान खाली गरिदिएको बताएका छन् । इरान उक्त क्षेत्रमा वाशिङ्टनको मुख्य शत्रुशक्ति हो । त्यसका साथै सिरियामा बशार अल–असदको समर्थनमा इरानले हजारौं सेना परिचालन गरेको छ ।

रुस : अमेरिकाको बहिरगमनले सिरियामा रुसलाई प्रमुख शक्ति बनाइदिएको छ । पुटिनले धेरै पहिलेदेखि सिरियाबाट अमेरिकी फौज फिर्ताको माग गरिरहेका थिए । तर अब सिरियाको समस्या सल्ट्याउने मुख्य भार पनि रुसमा पर्नेछ ।

टर्की: अमेरिकाको कदमले वाशिङ्टन र अंकाराबीच रहेको एक प्रमुख विवादको स्रोत हटेको छ । टर्कीले आतंकवादी संगठन मान्ने सिरियाली कुर्दिस समुह वाईपीजीलाई अमेरिकाले समर्थन गरेपछि यी दुई नाटोका सदस्यबीचमा पछिल्लो समय विवाद निम्तिएको थियो । टर्कीका राष्ट्रपति अर्दोगानले अब सिरियामा इस्लामिक स्टेटबिरुद्ध आफूहरु लड्ने बताएका छन् ।

दुःखी शक्ति :

कुर्दिस लडाकूहरु: ट्रम्पको सिरिया छाड्ने निर्णयले कुर्दीस लडाकूहरुलाई जति झट्का अरुलाई लागेको छैन । भावि दिन यी समुहहरुले कुर्दीस समुदायको सघन बसोबास भएको क्षेत्रमा बढिरहेको टर्कीको सेनाको घुसपैठ रोक्नको लागि अल–असादसँग सम्वाद गर्न सक्छन् ।

अमेरिकी गठबन्धनका सदस्यहरु फ्रान्स र जर्मनीले एकतर्फी रुपमा अमेरिकी सेना फिर्ती निर्णयले इस्लामिक स्टेटबिरुद्धको लडाईलाई असर गर्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...