News Portal

टायलको झुपडीका चम्किला रवि : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म !

हिमाली संचार संवाददाता
७०५ पटक

काठमाडौँ : केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल आइडल बन्न सफल उनै रवि ओड ।

नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए । उनै रवि, शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ को ग्रान्ड फिनालेका विजेता घोषित भए । वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्।

उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि  । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए ।

गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुर्इ चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलार्इ उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ ।

नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे। सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलार्इ जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलार्इ सर्वोत्कृष्ट गायक सावित गरे ।

उनले आफ्नो क्षेत्रक देउडा गीतलार्इ नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पोख्त थिए  पप र  आधुनिक विधाका गीतमा पनि । संघर्षपूर्ण बाल्यकालबाट गुज्रिएका उनी जब गाउँथे सबैलार्इ बाँधेर राख्न सक्थे । संगीतको औपचारिक शिक्षा नलिएर पनि रविले ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल’ भन्ने नेपाली भनाइलार्इ साँच्चिकै चरितार्थ गरिदिएका छन् ।

रविको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र  आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही  आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।

हजुरबाको प्रेरणाले बालकालदेखि नै गुनगुनाउने रविको गीत सुन्न उनलार्इ जन्म दिने  आमा अहिले यो दुनियाँमा छैनन् । तर उनलार्इ जुन  आमाले हुर्काइन् जन्म दिने  आमाको कहिल्यै कमी हुन दिइन्न । भारतमा पाले बनेका बाबुले रविलार्इ जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए ।
तस्वीर : अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...