आज : २०२६-०७-०५, आइतबार

राजा ज्ञानेन्द्रका तिन महत्वपूर्ण गुणहरू

देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भएकै अबस्थामा देश र जनता सबैभन्दा असुरक्षित देखिए। भौगोलिक परिस्थिति र भू-राजनैतिक जटिलतालाई सन्तुलनमा राख्न जनभावना तथा जनचाहनालाई मध्यनजरमा राख्नुपर्ने हुन्छ। तर हामी त्यो अभागी जनता हौं। देशमा प्रजातन्त्र भएकै अबस्थामा दरवार हत्याकाण्ड भयो। राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवको बंश बिनास भयो। जस्ले देशमा प्रजातन्त्र पुनःस्थापना गरिदिएका थिए। देशमा जबसम्म राजसंस्था थियो। देश र जनता सुरक्षित थिए। अहिले जनता सुरक्षित छैनन्,सबैमा एउटा अदृष्य भयले त्राहिमाम छन्। संबैधानिक अंगदेखि निजामती कर्मचारी सबैमा सुरक्षाको डर पैदा भएको देखिन्छ। प्रजातन्त्रका नाम बारम्बार फेरिएका ब्यबस्थाहरु, लोकतन्त्र र गणतन्त्रको मर्म र भावना बिपरित राजनैतिक दलहरुबाट भए गरेका कृयाकलापहरुले निम्त्याएका संकट नेपाली जनताको गलपासो भएको छ। यहि अबस्था र ब्यबस्था रहेमा कुनै पनि दलहरु सुरक्षित रहन सक्ने अबस्था छैन। आत्मरक्षाको अबस्था नाजुक देखिन्छ। ०६२/६३को एक प्रमुख आन्दोलनकारीको हैसियतले दावाका साथ भन्न‌ सकिन्छ।

“देशको लागि भन्दा आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिका लागि देश लुटिरहदा आज आफु पनि सक्किए, देशलाई पनि बर्वाद बनाए। जनताले हारे, दलहरु समाप्तिको अबस्थामा पुगे। अर्बौं अर्ब घोटालाको कुरा आइरहेको छ। त्यो असुल उपर गर्नैपर्छ। तर कसरी ? देखावटी धरपकटले सम्भव छैन। नीति, नीयम, कानून संबिधानको परिधिभित्र रहेर काम गर्न जरुरी छ। त्यसको लागि, अख्तियार आयोग, सम्पत्ति शुद्धीकरण आयोगहरुलाई सरकारको हस्तक्षेप बिना काम गर्न दिनुपर्छ। आयोगले इमान्दारीपूर्वक काम गर्ने हो भने १० बर्षको बजेट देश भित्रैबाट निकाल्न सकिन्छ।”

भू-राजनैतिक जटिलता राम्रोसंग बुझेका राणा श्री ३ मोहन शमशेरले राजा त्रिभुवनको सब परिवार भारत भागेर जादां पनि बालक राजा ज्ञानेन्द्र शाहलाई राजसिंहासनमा राखेर शासन आफुले चलाएका थिए। जुनबेला समाज त्यति शिक्षित र बौद्धिक पनि थिएन। उनिहरुको हुकुमी शासन कायम राख्न सक्थे। तर गरेनन्। अन्जान बालक ज्ञानेन्द्र शाहलाई राजा धोषणा गरेर देश सुरक्षित राखे। अन्यथा त्यति नै बेला दक्षिणले गिद्धेदृष्टि नराखेको होईन। त्यसैले भन्न‌ सकिन्छ देशमा जबजब संकट आउदा इतिहासले नै राजा ज्ञानेन्द्रको साथ पाएको रहेछ। चाहे ०७ सालमा होस या ०५८ जेठ १९ गतेको कहालीलाग्दो दरवार हत्याकाण्ड पछि होस्। आजको बौद्धिक समाज र आफुलाई धेरै शिक्षित र बलिया ठान्ने राजनैतिक दलहरुले सोच्नैपर्ने बिषय देखिन्छ। देशको लागि भन्दा आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिका लागि देश लुटिरहदा आज आफु पनि सक्किए, देशलाई पनि बर्वाद बनाए। जनताले हारे, दलहरु समाप्तिको अबस्थामा पुगे। अर्बौं अर्ब घोटालाको कुरा आइरहेको छ। त्यो असुल उपर गर्नैपर्छ। तर कसरी ? देखावटी धरपकटले सम्भव छैन। नीति, नीयम, कानून संबिधानको परिधिभित्र रहेर काम गर्न जरुरी छ। त्यसको लागि, अख्तियार आयोग, सम्पत्ति शुद्धीकरण आयोगहरुलाई सरकारको हस्तक्षेप बिना काम गर्न दिनुपर्छ। आयोगले इमान्दारीपूर्वक काम गर्ने हो भने १० बर्षको बजेट देश भित्रैबाट निकाल्न सकिन्छ। बैदेशिक ऋणको आबस्यकता पर्ने छैन। तर सरकार निस्पक्ष र पारदर्सि हुन जरुरी छ।

“सिंहदरबारको अगाडिको भागदेखि पहिलेको गृहमन्त्रालय लगायत सबै मन्त्रालय, राजनैतिक दलका कार्यालय सबै जलेका हेरिसक्नु अबस्थामा थिएन। जलेको कंकाल बाहेक केही छैन। एसियामै पहिलो ऐतिहासिक सिंहदरवार जस्ले देशको प्रसासनीक राज्य संचालन गर्थ्यो। आजको शिक्षित र सभ्य भनिएको २१ औं शताब्दीको समाजमा यस्तो हरिबिजोग देखिनु कुनैपनि राष्टप्रेमी जनताको मन थामिने अबस्था देखिदैन। यस्तो सिंहदरवार दर्जनौं बनाउन सकिन्छ भन्नेहरु आज त्यहीं भित्र छन्।”

अषाढ १७ गते पूर्वसांसद मन्चको साधारणसभा थियो। जेएन्जी आन्दोलनपछि पहिलो पटक सिंहदरवार जाने काम जुर्यो। त्यहि सिलसिलामा गृह प्रसाशनको एउटा शाखामा बुझ्नुपर्ने सानो काम थियो। कार्यक्रमपछि त्यता लागियो मन्त्रालय पहिलाउनै गारो पेटिमा भेटिएका केही कर्मचारीलाई सोध्दा यताबाट उता र उताबाट यता गर्दैमा ठिक भयो। चार/पाँच जनाको ग्रुप कर्मचारीहरु एक आपसमा निरासाजनक कुरा गर्दै हिडिरहेका थिए। अराएको काम गर्ने हो, अरु काम छैन उनिहरुको अनुहारमा छाएको निरासा, असुरक्षित भावना बुझ्न गारो थिएन। सिंहदरबारको अगाडिको भागदेखि पहिलेको गृहमन्त्रालय लगायत सबै मन्त्रालय, राजनैतिक दलका कार्यालय सबै जलेका हेरिसक्नु अबस्थामा थिएन। जलेको कंकाल बाहेक केही छैन। एसियामै पहिलो ऐतिहासिक सिंहदरवार जस्ले देशको प्रसासनीक राज्य संचालन गर्थ्यो। आजको शिक्षित र सभ्य भनिएको २१ औं शताब्दीको समाजमा यस्तो हरिबिजोग देखिनु कुनैपनि राष्टप्रेमी जनताको मन थामिने अबस्था देखिदैन। यस्तो सिंहदरवार दर्जनौं बनाउन सकिन्छ भन्नेहरु आज त्यहीं भित्र छन्। सेवाग्राहीहरु कोहि छिर्न‌ नपाउनाले सिंहदरवार उजाड लाग्दो बेवारिस अबस्थमा देखिन्थ्यो।

“एकदिन सिंहदरबारको कुर्सीमा पुग्ने तर त्यो सपना देख्नेहरुबाटै सिंहदरवार असुरक्षित बन्यो। यस्ता यथार्थ सत्य बोल्नेहरु सुरक्षित छैनन्। सुनिदै छ, सरकारले अर्को खतरनाक विधेयक ल्याउदै छ रे, जस्ले गणतन्त्र र बर्तमान संबिधानको बिरोध गर्छ। उस्लाई २५ बर्षको जेल सजाय हुनेछ। अब सोचौ हामी कुन यूगमा छौ ?”

देश जल्यो, नेताहरुको भागाभाग भयो। जो छन्, अस्तित्व कसरी जोगाउने भन्दै एक अर्को पार्टिसंग एकिकरणको दौडधुपमा छन्। त्यसैमा पनि कुर्सी मोहले पन्छिनै नसक्ने नेता ओलीले एकताको मार्गमा पूर्ण बिराम लगाइदिएपछि, छटपटी अरु गहिरिएको छ। घमण्ड र दम्भले भरिएका नेता ओली अझैपनि देशलाई समृद्ध बनाउन आफुनै चाहिने घमण्ड गर्दैछन्। जिवनको उत्तरार्धमा पुगिसकेका नेताहरुमा अब न त समय छ, न त जनविश्वास मात्र असफल प्रयास। अग्रजहरुको एउटा कहावत छ “हर मरेको ………को‌ मुख नमरेको” भने जस्तै। राजनीति गर्ने राज नेताहरुको अन्तिम लक्ष्य हुन्छ। एकदिन सिंहदरबारको कुर्सीमा पुग्ने तर त्यो सपना देख्नेहरुबाटै सिंहदरवार असुरक्षित बन्यो। यस्ता यथार्थ सत्य बोल्नेहरु सुरक्षित छैनन्। सुनिदै छ, सरकारले अर्को खतरनाक विधेयक ल्याउदै छ रे, जस्ले गणतन्त्र र बर्तमान संबिधानको बिरोध गर्छ। उस्लाई २५ बर्षको जेल सजाय हुनेछ। अब सोचौ हामी कुन यूगमा छौ ?

त्यसैले सोचौं अझैपनि हामिसंग केही समय छ। शाहवंशको धरोहर पृथ्वीनारायण शाहको उत्तराधिकारी राजा ज्ञानेन्द्र आफ्नै देशमा छन्। त्यसैले पनि देश, हामी जनता केही सुरक्षित छौ। यो आशाको दियो जलाईरहनु हर नेपाली जनता र राजनैतिक दलहरुको कर्तब्य हो। सबैलाई आ-आफ्नो अस्तित्व, स्थानको चाहना हुन्छ, भने जस्को पुर्खाले निर्माण गरेको देशको रक्षा गर्नु र उनलाईपनि स्थान दिनुपर्छ भन्ने सोच्नुपर्छ की पर्दैन ?

राजा सबका साझा आज राजा छन्। उनको देश र जनता प्रतिको मायां सकारात्मक सोच भनेको:-

१) आफ्नो सिंहासन जोगाउन सेना प्रयोग नगर्नु।

२) नारायणहिटी दरवार छोड्दा खुसीखुसी जनतालाई राजस्थानको नासो बुझाएर जानु।

३) देश छोडेर नजानु।‌

राष्ट्रप्रति उच्च सहनशीलता अपनाउनु यो उनले देश र जनतालाई लगाएको गुण हुन् । नेपाली जनताले र राजनैतिक दलहरुले उनको यो महान त्यागको सम्मान गर्नुपर्छ। अन्यथा भोलि हामिले पश्चाताप गर्ने अबसर पनि पाउने छैनौं। मैले यो कुरा नेपाली कांग्रेसका तत्कालीन सभापति आदरणीय नेता शेरबहादुर देउवासंग फाल्गुन २१ को निर्वाचन अगाडि र विपीका सिद्धान्तलाई आदर्श मान्ने नेता शेखर कोइराला, शशांक कोइरालासंग पटकपटक राखेको छु। तपाईहरु सांच्चै विपी कोइरालाको आदर्श, सिद्धान्तलाई मान्ने हो भने सोच्नुहोस्, अस्थिर राजनीति भित्र भबिष्य खोजेर पाइँदैन। स्थिर राजनीति त्यहि हुन्छ। जहां राष्ट्रिय सहमति, एकता र सहकार्यमा भेटिन्छ। यहि नै राज नेता विपी कोइरालाको राष्ट्रिय मेलमिलापको मूल मन्त्र हो। त्यस्तै नेता मदन भण्डारीको बहुदलीय जनवाद राजासंस्था सहितको प्रजातन्त्र नै थियो। आजको टडकारो सवाल यहि हो। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।