News Portal

  • सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा, जिल्लाको राजनीतिक माहौल पनि चर्चामा !

    हिमाली संचार संवाददाता
    ५५८ पटक

    सुर्खेत : सुर्खेत उद्योग बाणिज्य संघको शनिबार मंसिर २९ गते हुने निर्वाचनले सुर्खेतको व्यापारिक माहौल निकै गर्माएको छ । व्यापारिक माहौल मात्र होइन जिल्लाको राजनीतिक माहौल पनि चर्चामा आएको छ । धनबहादुर रावत नेतृत्वको लोकतान्त्रिक प्यानल र प्रकाश उप्रेती नेतृत्वको संयुक्त प्यानल आफ्नो पक्षमा नतिजा पार्न भरमग्दुर प्रयास गरिरहेका छन् ।

    दुवै नेतृत्वले व्यवसायिक हकहितका लागि भनेर आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरिरहेका छन् । यसका साथै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने, व्यवसायीहरुको वीमा, विस्थापित र पलायन व्यवसायीहरुका लागि स्थापित राहत कोष बृद्धि गर्नेजस्ता सामूहिक समस्याहरुलाई आफूहरुको नेतृत्वले समाधान गर्ने दावी गर्दै भोट मागिरहेका छन् ।

    विगतमा झैं सधैं कांग्रेस निकटका व्यवसायीहरुको पकडमा हुने उद्योग बाणिज्य संघमा यतिबेला कांग्रेसकै दुई वटा टिम बनेको छ । रावत नेतृत्वको प्यानललाई कांग्रेसको पूर्ण समर्थन छभने उप्रेती नेतृत्वमा कांग्रेसकै केही र नेकपाका केहीको समर्थन रहेको बताइन्छ । त्यतिमात्र होइन संघका पूर्व अध्यक्षहरु यसपटक दुई खेमा विभाजित भएका छन् । स्वघोषित हेवीवेट भनिएका निरक केसी, विष्णुबहादुर शाही, पदमबहादुर शाही र प्रकाश अधिकारी प्रकाश उप्रेतीको नेतृत्वलाई सघाउन पुगेका छन्भने अर्का पूर्व अध्यक्ष टेकबहादुर भण्डारी रावत नेतृत्वको पक्षमा लागेका छन् ।

    सुर्खेत उद्योग बाणिज्य संघमा स्वघोषित हेवीवेटहरु भनिनेहरु पनि टेकबहादुर भण्डारीकै कृपाबाट संघको अध्यक्ष बन्न पुगेका थिए । संघमा भण्डारी नै हेवीवेटहरुका पनि महाहेवीवेट हुन भन्ने कुरा संघको प्रत्येक निर्वाचनले देखाइरहेको छ । पूर्वअध्यक्ष सूर्यबहादुर खड्काको नाम संयुक्त प्यानलले आफ्नो विज्ञप्तीमा झुड्याएपनि उनको समर्थन रावतलाई रहेको छ । स्वार्थले भरिएको संयुक्त प्यानल सवैभन्दा महत्वपूर्ण पक्ष त जतिबेला एकले अर्कालाई सिध्याउन लागिपरेका पूर्व अध्यक्ष पदमबहादुर शाही र विष्णुबहादुर शाही यतिबेला संगै कुम जोडाउन पुगेका छन् ।

    पदमबहादुर शाही कांग्रेस र विष्णुबहादुर शाही तत्कालीन एमाले पक्षबाट आ–आफ्नो समूहको नेतृत्व गर्दै उत्रिँदा एकले अर्कालाई सिध्याउन लागिपरेको स्वयं भुक्तभोगी व्यापारीहरु बताउँछन् । अहिले पदम शाही र विष्णु शाहीको व्यक्तिगत स्वार्थ मिल्दा प्रकाश उप्रेतीलाई मोहरा बनाएर संयुक्त व्यवसायी प्यानल बनाइएको छ । दुई शाही पनि टेकबहादुर भण्डारीकै कारण अध्यक्ष बनेको उनीहरुले विर्सेको अन्य व्यवसायीहरु बताउँछन् । यसका साथै वर्तमान अध्यक्ष प्रकाश अधिकारी पनि दुई शाहीसंगै मिलेर स्वार्थको खोलालाई नदीको रुपमा बढाउन पुगेका छन् ।

    अधिकारी संघमा निर्वाचित भएपछि संघ सवैभन्दा छिन्नभिन्न भएको सुर्खेतको व्यवसायीहरुको आरोप छ । निर्वाचनमा पराजित भएका पक्षहरुसंग वार्ताको कुनै पहल गर्न नसक्ने, सुर्खेतमा चुनाव जितेर नेपालगन्ज बसिरहने जस्ता उनका प्रवृत्तिले संघ इतिहासमै छिन्नभिन्न भएको बताइन्छ । त्यतिमात्र होइन अधिकारीकै पालामा सुर्खेत उद्योग बणिज्य संघको समानान्तर संस्था चेम्बर अफ कर्मशको जन्म भयो । यदि अधिकारीले मिलाउन सकेको भए अर्को संस्था जन्मने थिएन ।

    सवै व्यवसायीहरुलाई मिलाउन नसकेका शाहीहरु र अधिकारी यतिबेला साझा बनाउँछौं भन्दै वक्तव्यबाजी गरिरहेका छन् । जसले संघलाई साझा बनाउन भन्दा एकले अर्कालाई सिध्याउन लागे उनीहरु नै अहिले साझाको नाममा अर्को प्यानल खडा गर्न लगाएका छन् । उनीहरु व्यक्तिगत स्वार्थका लागि मिलेको नाटक गरेको र उनीहरुबाट सुर्खेती व्यवसायीहरुको हकहित नहुने भन्दै धेरै व्यवसायीहरु रावतको प्यानलको पक्षमा रहेको मतदाताहरु बताउँछन् ।

    निर्वाचन समितिका अनुसार शनिवार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । संघमा १८९४ मतदाता रहेका छन् । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ५ गतेको राशिफल

    आज भदौ ५, २०८२ (अगस्त २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...