News Portal

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

१९६ पटक

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम उपाध्यक्षको सूचीमा राखिए पनि आफ्नो इच्छा अनुसार केवल केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका छन्।

स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा भएको छलफलमा ज्ञवालीले महासचिवबाहेक अन्य पदमा उम्मेदवारी नदिने अडान स्पष्ट पारेका थिए। तर प्यानल गठनको क्रममा उनको नाम उपाध्यक्षको सूचीमा राखिएपछि उनी असन्तुष्ट बने।

आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिँदै ज्ञवाली भावुक भएका थिए। उनका निकटस्थहरूले अनलाइनखबरलाई बताएका छन् कि ज्ञवालीले एउटै व्यक्तिलाई दोहोर्‍याएर पद दिनु उचित नभएको टिप्पणी गरेका थिए र यसले उनको मन निकै दुखाएको थियो।

ज्ञवालीले आगामी दिनमा पार्टी आन्दोलनमै रहने र केवल केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने बताए। उनका अनुसार पार्टीभित्र सबैलाई समान अवसर मिल्नु आवश्यक छ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...