News Portal

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

३१३ पटक

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको छ। भृकुटीमण्डपमा रहेको महाधिवेशन हलमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गर्ने तयारी पूरा भइसकेको छ।

पार्टीको ११औँ महाधिवेशनमा देशभरबाट २,२६३ प्रतिनिधि सहभागी छन्। यस महाधिवेशनमा १९ जना पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र अन्य निकायका पदाधिकारी गरी ३५१ नयाँ नेतृत्व चयन हुनेछन्। अध्यक्ष पदको प्रतिष्पर्धामा केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका प्यानल प्रतिस्पर्धामा छन्। करिब ७०० उम्मेदवारले विभिन्न पदका लागि भोटको लागि उठेका छन्।

मतदानका लागि ८० वटा भोटिङ मेशिन राखिएको छ। प्राविधिक नवराज पाण्डेका अनुसार प्रतिनिधिले मतदानमा औसत ३५–४० मिनेट खर्च गर्ने अनुमान गरिएको छ। साक्षर प्रतिनिधिले छिटो मतदान गर्न सक्छन् भने अरूलाई अलि बढी समय लाग्ने बताइएको छ। सम्पूर्ण मतदान सम्पन्न हुन करिब १८–२४ घण्टा लाग्ने अनुमान गरिएको छ।

मतगणना मतदान सकिएलगत्तै सुरु हुनेछ। प्रत्येक मेशिनको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने भएकाले अन्तिम परिणाम सार्वजनिक गर्न डेढदेखि तीन घण्टा समय लाग्ने पाण्डेले जानकारी दिए। यदि कुनै अवरोध नआएमा आज रातभरी मतदान सकिने र भोलि दिउँसो नयाँ नेतृत्वको घोषणा हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...