News Portal

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

२७३ पटक

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा पत्रकारमाथि अमर्यादित व्यवहार हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। यस्तो घटना प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायले कडाइका साथ कदम चाल्नुपर्ने माग गरिएको छ।

मंसिर २७ गते शनिबार नयाँ सन्देश अनलाइनकी सम्पादकसमेत रहेकी पत्रकार चन्दलाई दुई जना अपरिचित युवाले गलत नियतसहित पछाडिबाट धकेलेको बताइएको छ। घटनाको भिडियो सार्वजनिक भइसकेको र त्यसले थप चिन्ता बढाएको महासंघको भनाइ छ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले पनि घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ। शाखाले यस विषयमा महासंघको केन्द्रीय समितिलाई जानकारी गराइसकेको जनाएको छ। महासंघले पत्रकारको सुरक्षाका सवालमा राज्यले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...