News Portal

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

२८८ पटक

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई जनताको सेवाका लागि हुनुपर्ने बताएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कम्युनिस्ट आन्दोलनका मूल मूल्य र मान्यतालाई जोगाइराख्नु आजको आवश्यकता भएको बताए।

सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरिसकेका ज्ञवालीले पार्टीभित्र एउटै कार्यकारी पदमा पटक–पटक दोहोरिने अभ्यासप्रति असहमति जनाए। उनका अनुसार एमालेमा लामो छलफलपछि कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी नबस्ने, या माथिल्लो जिम्मेवारी सम्हाल्ने वा राजनीतिबाट अलग हुने व्यवस्था पारित गरिएको थियो। नवौँ र दशौँ महाधिवेशनमा पारित उक्त निर्णयलाई पछि आएर कमजोर बनाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

एक कार्यकाल पार्टी सचिव र दुई कार्यकाल उपाध्यक्ष भइसकेपछि अब आफूले या त अध्यक्षको जिम्मेवारी लिनुपर्ने वा पछि हट्नुपर्ने निष्कर्षमा पुगेको ज्ञवालीले बताए। अध्यक्षका रूपमा ईश्वर पोखरेललाई अगाडि बढ्न आफूले सुझाव र समर्थन दिएको उल्लेख गर्दै उनले उपाध्यक्ष पदमा तेस्रो पटक दोहोरिन नहुने स्पष्ट धारणा राखे।

उनले अध्यक्ष वा उपाध्यक्ष मात्र होइन, कुनै पनि कार्यकारी पदमा निरन्तर लामो समय बसिरहनु लोकतान्त्रिक अभ्यासका लागि उचित नहुने बताए। एउटै व्यक्तिले लामो समयसम्म नेतृत्व सम्हाल्दा पार्टी र लोकतन्त्र दुवै कमजोर हुने जोखिम रहने उनको भनाइ छ।

ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मात्र नभई देशका सबै राजनीतिक दल र नेताहरूलाई लक्षित गर्दै जीवनभर पदमै रहने सोच त्याग्न आग्रह गरे। यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने र संस्थागत विकासमा बाधा पुर्‍याउने उनको निष्कर्ष छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...