
कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट पहिलो र आधिकारिक प्रतिनिधिको रूपमा समानुपातिक सांसदका लागि सिफारिस गरेको छ।
कुवेतमा सक्रिय रहँदै पार्टी, समाज तथा प्रवासी नेपालीका हकहितका लागि निरन्तर योगदान दिँदै आएका कार्कीको नेतृत्व क्षमता, प्रतिबद्धता र निरन्तर सक्रियताका कारण समितिका पदाधिकारी तथा सदस्यहरूले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेका हुन्।
प्रवासी नेपालीका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने, संगठन सुदृढ बनाउने तथा नयाँ पुस्तालाई संगठनसँग जोड्ने कार्कीको शैलीले कुवेतका नेपाली समुदायलाई विशेष रूपमा प्रभावित पारेको छ। समितिको विश्वासअनुसार उनको अनुभव र क्षमता नेपालमा प्रवासी नेपालीको आवाजलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दतगार हुने अपेक्षा गरिएको छ।

कार्की उद्यमशील व्यवसायीका रूपमा पनि लामो समयदेखि परिचित छन्, जसले व्यवसायिक क्षेत्रदेखि सामाजिक अभियानसम्म उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।