News Portal

रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

६९९ पटक

कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट पहिलो र आधिकारिक प्रतिनिधिको रूपमा समानुपातिक सांसदका लागि सिफारिस गरेको छ।

कुवेतमा सक्रिय रहँदै पार्टी, समाज तथा प्रवासी नेपालीका हकहितका लागि निरन्तर योगदान दिँदै आएका कार्कीको नेतृत्व क्षमता, प्रतिबद्धता र निरन्तर सक्रियताका कारण समितिका पदाधिकारी तथा सदस्यहरूले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेका हुन्।

प्रवासी नेपालीका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने, संगठन सुदृढ बनाउने तथा नयाँ पुस्तालाई संगठनसँग जोड्ने कार्कीको शैलीले कुवेतका नेपाली समुदायलाई विशेष रूपमा प्रभावित पारेको छ। समितिको विश्वासअनुसार उनको अनुभव र क्षमता नेपालमा प्रवासी नेपालीको आवाजलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दतगार हुने अपेक्षा गरिएको छ।

कार्की उद्यमशील व्यवसायीका रूपमा पनि लामो समयदेखि परिचित छन्, जसले व्यवसायिक क्षेत्रदेखि सामाजिक अभियानसम्म उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...