News Portal

  • युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    ११४ पटक

    कुवेत सिटीकुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक स्वीकृति प्राप्त गरी पहिलो पटक सालमिया साइट क्षेत्रको सफाई(क्लिनिङ) अभियान सञ्चालन गर्न लागेको छ।

    नेपाली समुदायबाट सरकारी स्वीकृतिसहित यस्तो अभियान पहिलो पटक सुरु हुन लागेको जानकारी संस्थाका सल्लाहकार विजय खत्रीले  बताए।

    हालै सम्पन्न अधिवेशनपछि छोटो समयमै संस्थाले पहिलो सामाजिक अभियान अघि सार्न पाउनु संस्थाका पदाधिकारी तथा सदस्यहरूका लागि थप हौसला र जिम्मेवारीको अनुभूति भएको संस्थाले बताएको छ।सफाइ अभियानको उद्देश्य युवा शक्ति कुवेतको मूल ध्येय कुवेतमा रहेका नेपाली श्रमिकको आवाज, समस्या र प्रतिनिधित्वलाई सम्बद्ध निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउनु हो।

    यद्यपि, प्रवासमा सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायिक सहभागिता, वातावरणीय संरक्षण, र सामाजिक सचेतना अभिवृद्धि संस्थाको प्रमुख प्राथमिकतामा परेका विषय हुन्।

    यही कारणले कुवेतमा सञ्चालन हुने विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता आवश्यक रहेको संस्थाले स्पष्ट गरेको छ। आगामी सफाइ अभियानले नेपाली समुदायको पहिचान, छवि र प्रतिष्ठा अझ उजागर हुने अपेक्षा गरिएको छ।कुवेत नगरपालिकाबाट कानुनी स्वीकृति प्राप्त छ।डिसेम्बर महिनाभर हरेक शुक्रबार अभियान सञ्चालन हुनेछ।नेपाली समुदायलाई आधिकारिक रूपमा सरकारी स्वीकृतिसहित यस्तो अभियानमा सहभागी हुने अवसर पहिलोपटक मिलेको छ।

    युवा शक्ति कुवेतका सामाजिक योगदानहरू यसअघि एकपटक सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न कुवेतमा रहेका नेपाली श्रमिक, विशेषतः पासपोर्ट म्याद सकिएको व्यक्तिहरूका लागि आवश्यक अपोइन्टमेन्ट र फारम भरिने सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आइरहेको।

    दर्जनौँ श्रमिकको समस्या समाधानमा प्रत्यक्ष सहयोग यी कार्यहरूले संस्थाको सामाजिक छवि झनै मजबुत बन्दै गएको छ।सहभागिताको लागि विशेष आह्वान संस्थाले सबै सदस्य, शुभेच्छुक तथा कुवेतवासी सम्पूर्ण नेपालीहरूलाई आगामी सरसफाइ अभियानमा सक्रिय रूपमा सहभागी भई आफ्नो उल्लेखनीय योगदान जनाउन विशेष अनुरोध गरेको छ।युवा शक्ति कुवेतले विश्वास व्यक्त गरेको छ।

    सामूहिक प्रयास, एकता र सक्रिय सहभागिताबाट कुवेतमा नेपाली समुदायको पहिचान अझ सशक्त, सकारात्मक र अनुकरणीय बन्नेछ।शुक्रबार १९ डिसेम्बरको दिन बिहान ७ बजेदेखि १० बजेसम्म क्लिनिङ गर्ने कार्यक्रम रहेकाे छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...

    आज २०८२ साल मंसिर २६ गतेको राशिफल

    आज मंसिर २६, २०८२ (डिसेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

    काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक...