News Portal

  • आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    ४५ पटक

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा भएको आगलागीपछि सामाजिक सञ्जालमा फैलाइएको “नगद जलेको” दाबी निराधार रहेको स्पष्ट गरेकी छन्। आफूविरुद्ध परेको मुद्दाको जवाफ सुपुर्द गर्न सर्वोच्च अदालत पुगेकी राणाले अफवाहका आधारमा मानहानी गर्ने प्रयास भएको बताइन्।

    उनका अनुसार केही सञ्चारमाध्यम र सामाजिक प्लेटफर्मले तथ्य नहेरी प्रचार गरे पनि वास्तविकता फरक छ। उनले लिखित जवाफमा उल्लेख गरेकी छन्, आफ्नो र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा रकम जलेको भन्दै गरिएको टिप्पणी प्रमाणविहीन छ र सो आरोपले भ्रम मात्रै फैलाएको छ।

    राणासहित सुरक्षा परिषद्का सदस्यहरूले तत्काल बैठक नडाकेर सेना परिचालन गर्न ढिलाइ गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो। राणाले भने आन्दोलनको भीडबाट उच्छृङ्खल समूह घरमै पसेर तोडफोड र आगजनी गरेकाले आफूहरू घाइतेसम्म भएको भन्दै त्यो परिस्थितिमा तत्काल बैठक बस्न नसकिएको बताइन्।

    उनले थप भनिन्, घरमा नगद जलेको भन्ने हल्लाबारे सरकारले छानबिन गरिसकेको छ र क्षतिको आधिकारिक विवरणसमेत तयार भइसकेको छ। त्यसैले आशंकामा आधारित र आरोप मात्र लागि परेको रिट खारेज गर्नुपर्ने मागसमेत उनले सर्वोच्चमा राखेकी छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...