News Portal

आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

१८१ पटक

काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा भएको आगलागीपछि सामाजिक सञ्जालमा फैलाइएको “नगद जलेको” दाबी निराधार रहेको स्पष्ट गरेकी छन्। आफूविरुद्ध परेको मुद्दाको जवाफ सुपुर्द गर्न सर्वोच्च अदालत पुगेकी राणाले अफवाहका आधारमा मानहानी गर्ने प्रयास भएको बताइन्।

उनका अनुसार केही सञ्चारमाध्यम र सामाजिक प्लेटफर्मले तथ्य नहेरी प्रचार गरे पनि वास्तविकता फरक छ। उनले लिखित जवाफमा उल्लेख गरेकी छन्, आफ्नो र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा रकम जलेको भन्दै गरिएको टिप्पणी प्रमाणविहीन छ र सो आरोपले भ्रम मात्रै फैलाएको छ।

राणासहित सुरक्षा परिषद्का सदस्यहरूले तत्काल बैठक नडाकेर सेना परिचालन गर्न ढिलाइ गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो। राणाले भने आन्दोलनको भीडबाट उच्छृङ्खल समूह घरमै पसेर तोडफोड र आगजनी गरेकाले आफूहरू घाइतेसम्म भएको भन्दै त्यो परिस्थितिमा तत्काल बैठक बस्न नसकिएको बताइन्।

उनले थप भनिन्, घरमा नगद जलेको भन्ने हल्लाबारे सरकारले छानबिन गरिसकेको छ र क्षतिको आधिकारिक विवरणसमेत तयार भइसकेको छ। त्यसैले आशंकामा आधारित र आरोप मात्र लागि परेको रिट खारेज गर्नुपर्ने मागसमेत उनले सर्वोच्चमा राखेकी छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...