News Portal

यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

४४७ पटक

कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण वातावरणमा  सम्पन्न भएको छ। राजु धमलाको सभापतित्वमा र नेपाली दूतावास कुवेतका महामहिम  घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रमलाई विभिन्न संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय एनआरएनका पदाधिकारी, पत्रकार महासंघ कुवेतका अध्यक्ष, मिडियाकर्मी तथा अन्य विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम ढिलै भए पनि  प्रभावशाली थियो। सामान्यतया कुवेतमा शुक्रवार कार्यक्रम हुने परम्परा भए पनि यात्री समाज कुवेतले भने  मंगलबार नै कार्यक्रम आयोजना गरेको थियो। दिउँसो ३ बजेबाट कार्यक्रम शुरु गर्ने भने पनि  कार्यक्रम भने साँझ ६ बजेबाट मात्र प्रारम्भ भएको थियो।कार्यक्रम संचालन यात्री समाज कुवेतका  महासचिव सुमित पोखरेलले गरेका थिए। भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष किरण बराइलीले प्रस्तुत गरेका थिए।

राष्ट्रिय गान, दिप प्रज्वलन र केक काटेर उद्घाटनकार्यक्रमको भव्य उद्घाटन राष्ट्रिय गान, दिप प्रज्वलन तथा केक काट्ने समारोहसहित सम्पन्न भयो। संगीतले भरिएको रमाइलो वातावरणले हल उत्साहपूर्ण बनेको थियो।  यात्री समाज कुवेतले  वर्षभरि  सम्पन्न गरेका सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको विस्तृत विवरण महासचिव सुमित पोखरेलले प्रस्तुत गरे।

त्यस्तै, प्रोजेक्टरमार्फत संस्थाका विभिन्न गतिविधिहरूको भिडियो क्लिप पनि प्रदर्शन गरिएको थियो, जसले हलभरि उपस्थित सबै दर्शकहरूलाई संस्थाको उद्देश्य र योगदानबारे थप स्पष्ट बनायो।कार्यक्रममा सहभागी सबै अतिथिहरूका लागि विशेष भोजन व्यवस्थासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भयाे।

यात्री समाज कुवेत नवगठित कार्यसमिति

संरक्षक: गणेश कार्की

अध्यक्ष: राजु धमला

वरिष्ठ उपाध्यक्ष: किरण बराइली

उपाध्यक्षहरू:

टिकाराम उप्रेती

भरत मणि घर्ती मगर

सन्तोषी राई

महासचिव: सुमित पोखरेल

उप–महासचिव: ऐसा गौतम

सचिव: मनबहादुर क्षेत्री

सह–सचिव: प्रविन विश्वकर्मा

कोषाध्यक्ष: सन्दिप मिजार

सह–कोषाध्यक्ष: लक्ष्मी जी.सी

पुरुष युवा संयोजक: प्रकाश सेन

पुरुष युवा सह–संयोजक: शमशेर आले मगर

महिला युवा संयोजक: रिया क्षेत्री

महिला सह–संयोजक: लीला भण्डारी

सदस्य:

सीताराम भट्टराई

अनिज परियार

किरण राई

सागर सिंह स्याङतान

त्रिलोचन पौडेल

सुनिता लामा

प्रतिक्षा गुरुङ

मधुसुदन क्षेत्री

 

 

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...