News Portal

बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

२०२ पटक

बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। डीएसपी नेपालकी श्रीमतीले दिएको उजुरीपछि अदालतबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार नेपाल मंगलबार साँझ आफैले प्रहरी कार्यालय उपस्थित भएका थिए। उपस्थित भएपछि उनलाई पक्राउ गरी तीन दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको उनले बताए। प्रहरीले बहुविवाह सम्बन्धी थप प्रमाण संकलन गरिरहेको छ भने नेपालकी भनिने दोस्रो श्रीमतीको खोजी पनि भइरहेको छ।

डीएसपी नेपाल यसअघि बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्जका रूपमा कार्यरत हुँदा गाँजा कारोबारसम्बन्धी आर्थिक लेनदेनमा संलग्न भएको आरोपमा विभागीय कारबाहीमा परेको तथ्य पनि सार्वजनिक भइसकेको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...