News Portal

प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

२२८ पटक

काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पुनः दोहोर्याएका छन्।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानी आवश्यक रहेको बताए।

उनले भने, “म संसद्को रोष्टमबाटै चर्चित काण्ड र उच्च पदस्थको सम्पत्ति छानबिनको माग उठाइसकेको थिएँ। आजको दिन पनि त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।”

प्रधानमन्त्री रहँदा सुशासनलाई आफ्नो कार्यकालको मूल मन्त्र बनाएको स्मरण गर्दै प्रचण्डले भने कि दलाल र भ्रष्ट तत्वहरूको स्वार्थमा चुनौती दिएकोले केहीले सरकार ढाल्ने प्रयास गरे पनि सुशासनका धेरै मानकहरू स्थापित भएका छन्। भुटानी शरणार्थी प्रकरणसहित ठूला भ्रष्टाचार काण्डहरूको छानबिन पनि अघि बढेको उनले बताए।

उनले भ्रष्टाचारविरुद्धको लडाइँ एकदिनको अभियान नभई निरन्तरको संघर्ष भएको उल्लेख गर्दै, यो दिवसले नागरिकलाई पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति जिम्मेवार बनाउने र भ्रष्टाचारमुक्त, समृद्ध समाजवादी नेपाल निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...