News Portal

  • २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    ५३ पटक

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईं र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीबीच सिंहदरबारमा महत्वपूर्ण वार्ता शुरू भएको छ। सरकार र प्रसाईं समूहबीच यो पहिलो औपचारिक संवाद हो, जसलाई आगामी राजनीतिक दिशानिर्देशनका रूपमा हेरिएको छ।

    वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि उपस्थित थिए। प्रसाईंको पक्षबाट १९ सदस्यीय टोली सहभागी भएको हिमाली संचार स्रोतले जानकारी दिएको छ।

    प्रसाईंले सरकारले बेवास्ता गरिरहेको भन्दै आफ्ना २७ बुँदे मागका मुख्य बुँदाहरू विस्तृत रूपमा राखेका छन्। ती मागमा संविधान खारेज गरी नयाँ संविधान निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, विदेशी प्रभावविरुद्ध कडाइ, शान्ति–सुरक्षा मजबुत बनाउने तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता जस्ता विषय समावेश छन्।

    गत मंसिर ६ गते उनीहरूले गृहमन्त्रीलाई बुझाएको मागपत्रमा सरकार पक्षले निर्वाचनमार्फत समाधान खोज्न सुझाव दिएपनि प्रसाईं समूह तत्काल कार्यान्वयनको माग दोहोर्याइरहेको छ। माग पूरा नभए चरणबद्ध आन्दोलनलाई अझ कडा बनाउने चेतावनी उनीहरूको छ।

    आजको संवादमा शान्ति–सुरक्षा, राष्ट्रियता, धर्म तथा सांस्कृतिक स्वतन्त्रता जस्ता समसामयिक मुद्दामा दुवै पक्षले गम्भीर छलफल गरेको बताइएको छ। सिंहदरबारमा भएको यो भेट वार्ताले देशको राजनीतिक परिस्थितिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...