News Portal

वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

१५६ पटक

कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने ६ जनालाई धरौटीमा रिहा गरेको छ। जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्ने दाबी गर्दै रिसोर्टमा क्षति पु¥याइएको थियो।

अदालतले पोखरा–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। अन्य आरोपितहरू कुमराज गुरुङ, घनश्याम राउत, नवराज खड्का, खड्कबहादुर थपा र महेन्द्र नेपाली तथा एलिशा गुरुङलाई दुईदेखि तीन लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।

आगजनीका क्रममा रिसोर्टमा ३ पर्यटक गाडी, ३ गेस्ट कार, बार, स्पा, लबी र अन्य संरचनामा क्षति पुगेको थियो। सञ्चालक अमरजंग गुरुङले ३० वर्षको मेहनत र लगानीमा यस्तो क्षति पुगेको र अफवाहले ब्राण्डमा समेत असर गरेको बताए। उनले स्पष्ट पारे कि रिसोर्टमा कुनै नेताको लगानी छैन।

प्रहरीले अनुसन्धानका क्रममा आरोपीहरूलाई फोटो, भिडियो र प्रमाणसहित पक्राउ गरेको थियो। जेनजी आन्दोलनको क्रममा पोखरा गम्भीर रूपमा प्रभावित भएको थियो; आन्दोलनमा २७ प्रहरी चौकी, २७ निजी घर–व्यवसाय र १ सय १६ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...