News Portal

  • हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    ३९ पटक

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि आफूविरुद्ध प्रयोग भइरहेको आरोप लगाएका छन्। फेसबुक लाइभमार्फत बोल्दै उनले देशी–विदेशी शक्तिले आफ्नो उदय रोक्न घिसिङलाई अघि सारिएको दाबी गरे।

    साम्पाङका अनुसार नेपालमा काम गर्ने मानिसहरू सत्तामा नपुगून् भन्ने उद्देश्यले केही समूह सक्रिय छन्। ती समूहले देशलाई कमजोर राख्न चाहने भएकाले आफूलाई रोक्न घिसिङलाई “मुख्य कार्ड” बनाइएको उनको भनाइ थियो।

    उनी भन्छन्, घिसिङ यसरी प्रयोग भइरहने हो भने श्रम संस्कृति पार्टीले उनलाई साइड लगाउने वा नाघेर अघि बढ्नेछ। उनले घिसिङलाई बचेखुचेको छवि जोगाउन र मन्त्रालयको काममै ध्यान दिन आग्रह गरे।

    साम्पाङले घिसिङ कुनै पार्टीको नभएको भनिए पनि विभिन्न कार्यक्रममा देखिने व्यवहारले धेरै प्रश्न उठाएको बताए। दोहोरो चरित्र खतरा हुने उल्लेख गर्दै उनले यस्तो नेतृत्व देशका लागि उपयुक्त नहुने बताए।

    जेनजी पुस्ताले आन्दोलनमा देखाएको साथबारे कृतज्ञता व्यक्त गर्दै साम्पाङले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी दोहोर्याए। उनका अनुसार श्रम संस्कृतिमा आधारित राजनीति नै देशको विकल्प हो, र यही कारण आफूलाई रोक्न विभिन्न प्रयास भइरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...

    राप्रपाको २३ मंसिरको प्रदर्शनमा सबैलाई सहभागी हुन प्रवक्ता शाहीको आग्रह

    काठमाडौं, मंसिर १९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरमा आयोजना हुने प्रदर्शनलाई...