News Portal

हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

२१६ पटक

काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि आफूविरुद्ध प्रयोग भइरहेको आरोप लगाएका छन्। फेसबुक लाइभमार्फत बोल्दै उनले देशी–विदेशी शक्तिले आफ्नो उदय रोक्न घिसिङलाई अघि सारिएको दाबी गरे।

साम्पाङका अनुसार नेपालमा काम गर्ने मानिसहरू सत्तामा नपुगून् भन्ने उद्देश्यले केही समूह सक्रिय छन्। ती समूहले देशलाई कमजोर राख्न चाहने भएकाले आफूलाई रोक्न घिसिङलाई “मुख्य कार्ड” बनाइएको उनको भनाइ थियो।

उनी भन्छन्, घिसिङ यसरी प्रयोग भइरहने हो भने श्रम संस्कृति पार्टीले उनलाई साइड लगाउने वा नाघेर अघि बढ्नेछ। उनले घिसिङलाई बचेखुचेको छवि जोगाउन र मन्त्रालयको काममै ध्यान दिन आग्रह गरे।

साम्पाङले घिसिङ कुनै पार्टीको नभएको भनिए पनि विभिन्न कार्यक्रममा देखिने व्यवहारले धेरै प्रश्न उठाएको बताए। दोहोरो चरित्र खतरा हुने उल्लेख गर्दै उनले यस्तो नेतृत्व देशका लागि उपयुक्त नहुने बताए।

जेनजी पुस्ताले आन्दोलनमा देखाएको साथबारे कृतज्ञता व्यक्त गर्दै साम्पाङले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी दोहोर्याए। उनका अनुसार श्रम संस्कृतिमा आधारित राजनीति नै देशको विकल्प हो, र यही कारण आफूलाई रोक्न विभिन्न प्रयास भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...