आज : २०२६-०६-११, बिहीबार

धोबीखोलामा फेला परेको शवको पहिचान, काभ्रे–मण्डनदेउपुरका ललित गिरी भनेर पुष्टि

काठमाडौं, मंसिर १८ – काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा बिहीबार बिहान भेटिएको शव काभ्रे, मण्डनदेउपुर नगरपालिका–१ का ५० वर्षीय ललित गिरी रहेको खुलेको छ।

हिमाली संचार संवाददाताका अनुसार शंखमुलमा बस्दै आएका गिरी बिहान करिब ६:५० बजे मदन भण्डारी कलेज अगाडिको भागमा साइकलसहित मृत अवस्थामा भेटिएका थिए। उनको शव गिरीकी श्रीमतीले सनाखत गरेकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मुचुल्का तयार गरेपछि घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ।