News Portal

कालीमाटी मेलामा भीड व्यवस्थापनका लागि शुक्रबार स्थानीय बिदा

१५८ पटक

सल्यान, मंसिर १७ – धान्यपूर्णिमा मेलाको तयारीसँगै कालीमाटी गाउँपालिकाले शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा दिने घोषणा गरेको छ। परम्परागत कालीमाटी मेला प्रत्येक वर्ष ठूलो धुमधामसहित मनाइँदै आएको छ, र यही कारणलाई मध्यनजर गर्दै बिदा दिने निर्णय कार्यपालिकाले गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीका अनुसार मङ्सिर १ गते बसेको बैठकले कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ, विद्यालय, बाल विकास केन्द्र तथा पालिकाभित्रका बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने निर्णय गरेको हो।

धान्यपूर्णिमाको दिन कालीमाटी–३ स्थित गङ्गामाला भगवती मन्दिरमा दर्शन र पूजाका लागि ठूलो संख्यामा भक्तजन आउने भएकाले सहज व्यवस्थापनका लागि बिदा आवश्यक ठहर गरिएको गाउँपालिकाले बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...