
ललितपुर, मंसिर १७ – प्रभु बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। उनीलाई आज दिउँसो जावलाखेलस्थित मनिमण्डलबाट नियन्त्रणमा लिइएको हो।
शाक्यमाथि विभिन्न कम्पनीका नाम प्रयोग गरी करोडौं रकम कर्जा झिकाएर त्यसलाई दुरुपयोग गरेको आरोप छ। त्यसले बैंकलाई हानी पुर्याएको मात्र होइन, अपराध लुकाउने उद्देश्यले कागजातसमेत मिलावट गरिएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।
यसअघि यही प्रकरणमा प्रभु बैंकका कार्यकारी प्रमुख अशोक शेरचनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।