News Portal

सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

२०२ पटक

रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई लगातार नियन्त्रणमा लिन थालेको छ। अवैध लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन प्रहरीले आफ्नो क्षेत्रका मुख्य नाकामा निगरानी कडा पारेको छ।

सिमाक्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय सिजुवा, डोरिया प्रहरी चौकी, सोनापुर प्रहरी चौकी र महादेवा क्षेत्रलाई अत्यन्त संवेदनशील क्षेत्रको रूपमा पहिचान गर्दै नेपाल प्रहरीले त्यहाँ क्याप स्थापना गरेर सतर्कता बढाएको छ। प्रहरीले स्थानीय बुद्धिजीवी र समाजसेवीसँग समन्वय गर्दै संयुक्त रूपमा चेकजाँचलाई थप कडा बनाएको छ।

अभियानअन्तर्गत प्रहरीले उर्लाबारी–१ का दिपेश धिमाल, पूर्णबहादुर जोगी र पथरी शनिश्चरेकी दावा शेर्पालाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिमाथि विद्यमान कानुनअनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बुले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...