News Portal

  • प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेला सम्पन्न

    ३६ पटक

    रबिन्द्र बराल/मोरङ, मंसिर १५ – मोरङको रंगेली नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेलाको आयोजना गरेको छ। मेलामा नगरभित्रका सामुदायिक र संस्थागत गरी २० वटा विद्यालय तथा क्याम्पसमा अध्ययनरत किशोरीहरूको उल्लेखनीय सहभागिता थियो।

    कक्षा ६ देखि १२ सम्म अध्ययनरत किशोरीहरूले आफ्नो गाउँघरमा प्रचलित परिकारहरू पकाएर अतिथि तथा सहभागीहरूलाई वितरण गरेका थिए। मेलामा महिनावारीसम्बन्धी परामर्शसँगै महिनावारी स्वच्छता, किशोरी स्वास्थ्यबारे जनचेतना, महिनावारी चक्र, त्यस क्रममा देखिने समस्याको व्यवस्थापन, बालविवाहका समस्या लगायतका विषयमा स्वास्थ्यकर्मीहरूले विस्तृत जानकारी दिएका थिए।

    सो अवसरमा सहभागी विद्यार्थीहरूले बालविवाह, घरेलु हिंसा लगायतका विषय समेटेर सचेतनामूलक नाटक पनि प्रस्तुत गरे।

    मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरुषहरूको व्यवहारका कारण महिला हिंसा बढेको उल्लेख गर्दै यसको अन्त्यका लागि सामाजिक व्यक्तित्व, अगुवा, राजनीतिक दल तथा सरकारी–गैरसरकारी संस्था एकजुट हुनुपर्ने बताए। उनले प्रदेशमा लैंगिक हिंसा नियन्त्रणका लागि आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए। महिनावारी प्राकृतिक प्रक्रिया भएकाले अभिभावकहरूले किशोरीलाई पोसिलो खाना, प्रोत्साहन र आवश्यक जानकारी दिनुपर्ने उनले सुझाव दिए।

    कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले समाज अझै पितृसत्तात्मक सोचमा अडिएको र महिलाले विभिन्न प्रकारका हिंसाको सामना गर्नुपरेको बताइन्। उनले महिला हिंसा नियन्त्रणका लागि निरन्तर सचेतना आवश्यक रहेको उल्लेख गरिन्।

    कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अमरबहादुर विष्ट, रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवाल (बगडिया), उपप्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीपकुमार साह, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी पोखरेल, गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष विष्णु शर्मा, विभिन्न वडाध्यक्ष तथा सुनवर्सि, रतुवामाई र कानेपोखरीका पालिका उपप्रमुखहरूको पनि सहभागिता थियो।

    सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा छोराछोरीबीचको भेदभाव र महिला हिंसा नियन्त्रणमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

    पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा...

    गुरुङको टिप्पणी: संविधान कमजोर पार्न विदेशी शक्ति सक्रिय

    काठमाडौं, मंसिर १५ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिहरूले नेपालमा आफ्ना अनुकूल दल...

    सरकार लगानी मैत्री वातावरण निर्माणमा लागिरहेको छ: मन्त्री सिन्हा

    काठमाडौं, मंसिर १५ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने...

    घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

    काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा...

    प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेला सम्पन्न

    रबिन्द्र बराल/मोरङ, मंसिर १५ – मोरङको रंगेली नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत...