News Portal

रास्वपा–उज्यालो नेपालको एकता प्रयास असफल, भित्री विवाद मुख्य बाधा

१८५ पटक

काठमाडौं, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको लामो समयदेखि चलेको एकता प्रयास आज असफल भएको छ। पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म वार्ता भए पनि सहमति जुटाउन नसकिएको स्रोतले जनाएको छ।

रास्वपाका एक वरिष्ठ नेताले बताए अनुसार कार्यवाहक सभापतिमा कुलमान घिसिङको अडानले एकतालाई अवरुद्ध बनाएको हो। “उपसभापति दिन हामी तयार थियौँ, तर कार्यवाहक पदमा अडान राख्दा पार्टी बुझाउन सकिएन,” उनले भने।

उज्यालो नेपालका नेताहरूले भने असफलताको जिम्मेवारी पार्टीभित्रको विवादमा रहेको दाबी गरेका छन्। डीपी अर्यालले आफ्नो स्थान गुम्ने डरले सहमति प्रक्रियामा अवरोध सिर्जना गरेको उनको बुझाइ छ।

डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वार्ता सुरुमा सकारात्मक थियो। कुलमानले पार्टीको पूर्ण कमान्ड आफूले पाउनुपर्ने अडान राखेपछि अन्तिम सहमति जुट्न सकेन।

स्रोतका अनुसार, पूर्ण एकता असफल भए पनि आगामी चुनावमा दुवै पार्टीबीच तालमेलको सम्भावना अझै कायम रहेको छ।

प्रतिकृया दिनुहोस्

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...