News Portal

रास्वपासँगको एकतामा सहभागी नहुने मिलन पाण्डे, नयाँ राजनीतिक यात्राको संकेत

१४५ पटक

काठमाडौं, मंसिर १४ – विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज एकता घोषणाको अन्तिम तयारीमा रहेका बेला विवेकशील साझाका नेता मिलन पाण्डे भने उक्त प्रक्रियाबाट अलग रहने निर्णयमा पुगेका छन्।

अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा रहेको विवेकशील साझाले सभापति रवि लामिछानेको रास्वपासँग एकीकृत हुने तयारी गरिरहेको छ। तर पाण्डेले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत आफू एकतामा नजोडिने स्पष्ट पार्दै शुभकामना मात्र दिए।

फेसबुकमा उनले लेखेका छन् कि आफू केही समय ‘कुलिङ पिरियड’ लिएर बस्नेछन् । पाण्डेका अनुसार केही दिन वा केही महिना विश्राम लिएपछि अर्को चरणमा नयाँ शैली र नयाँ ढङ्गबाट राजनीतिक यात्रा अघि बढाउने योजना छ।

उनले आजदेखि आफू र विवेकशील दुवै ‘स्वतन्त्र’ भएको टिप्पणी गर्दै आगामी दिनमा भिन्न मोडबाट अघि बढ्ने संकेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...