News Portal

क्याप्टेन विजय लामामाथि नागरिक उड्डयनको कारबाही, उडान रोक

१७१ पटक

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामामाथि अनुशासनात्मक कारबाही गरेको छ।
प्राधिकरणले उडान सञ्चालनसँग सम्बन्धित मापदण्ड उल्लङ्घन गरेको ठहर गर्दै लामालाई हाललाई उडान सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

प्राधिकरणका अनुसार क्याप्टेन लामाले जहाज उडाउनुपर्ने संवेदनशील जिम्मेवारीको बीचमै ककपिटभित्रै फोटो र भिडियो खिचेर भ्लग बनाएका थिए। यस्तो गतिविधिले सुरक्षा मापदण्ड, प्रोफेसनल कन्डक्ट र उडान सञ्चालनको नियम उल्लङ्घन हुने भएकाले कारबाही अनिवार्य भएको प्राधिकरणले जनाएको छ।

यही विषयमा प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र पठाउँदै अर्को सूचना नआएसम्म क्याप्टेन लामालाई रोस्टर अफमा राख्न निर्देशन दिएको छ। यसबीच घटनाबारे थप अनुसन्धान अघि बढाइने बताइएको छ।नेपाल वायुसेवा निगमले पनि प्राधिकरणका निर्देशनअनुसार आवश्यक आन्तरिक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...